मुण्डाहट्टा बस्ती निवासी शारदा गुरुङ (डली) अमेरिकाबाट मानार्थ पीएचडी सम्मानद्वारा सम्मानित

IMG-20251207-WA0111

सोनादा: सोनादाको मुण्डाहट्टा बस्ती निवासी हाल सिलगढी बस्दै आएकी शारदा गुरुङ (डली) ले अमेरिकाको ओरेन्ज कन्ट्री युनिभर्सिटीबाट मानार्थ पीएचडी सम्मानद्वारा सम्मानित भएका छन्। उनले उक्त पीएचडी सम्मान दिल्लीमा ग्रहण गरेकी छन्। उनले समाज सुधारकको रुपमा साथै विभिन्न विषयमा अतुलनीय ज्ञान प्राप्त गरेकोमा उक्त सम्मानित पीएचडी प्रदान गरिएको जानकारी प्राप्त भएको छ। उनलाई अमेरिकाको ओरेन्ज कन्ट्री युनिभर्सिटीबाट फिलोसफी अन्तर्गत कसमेटोलोजीमा उक्त मानार्थ पीएचडी सम्मानद्वारा सम्मानित गरिएको छ। उनलाई उक्त मानार्थ पीएचडी सम्मान दिल्लीमा ओरेन्ज कन्ट्री युनिभर्सिटीका सभापति काउलिन किम र चिफ्‌ एक्जिक्युटिभ अफिसर जोसेफ सिकमन्डको बाहुलीबाट ग्रहण गरेकी छन्। उनलाई यो सम्मान कस्टमेटोलोजी क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा मानार्थ पीएचडी सम्मानद्वारा सम्मानित गरिएको छ। उनले कस्मेटोलोजीमा छाला सुन्दरीकरणमा‌ उल्लेखनीय कार्य गरिरहेकी छन्। उल्लेखनीय छ, शारदा गुरुङ(डली) एकजना सामाजिक कार्यकर्ता हुन्‌। उनले धेरै समाज सेवाका कार्यहरु गर्दै आएका छन्। उनले आफ्नो उपलब्धिमा‌ खुशी व्यक्त गरेकी छन्। उनी चियाबारी क्षेत्रमा‌ जन्मिएर सानैदेखि संघर्ष र परिश्रम गरेर यो ऊँचाईमा पुग्न सफल बनेकी छन्‌। उनले यो उपलब्धिले आफ्नो क्षेत्रलाई गौरवान्वित बनाएका छन्। उनी सामाजिक कार्यकर्ता साथै बिजिनेस वुमेन्स पनि हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement