बङ्गलादेशमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगे

ढाका: बङ्गलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। दुर्घटनामा अझै केही बेपत्ता भएको बङ्गलादेश पुलिसले जनाएको छ। खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा शहर नजिकै कारोटोआ नदीको तटमा अचानक डुबेको थियो। अग्नि नियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेको पुलिसले जनाएको छ। डुंगामा करिब १०० जना यात्रु रहेका थिए। क्षमताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement