कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः एकतर्फी जीतको साथ जर्जियन युनाइटेड सेमिफाइनलमा

२७ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा जर्जियन युनाइटेड एफसी-ले सजिलै सेमिफाइनलमा स्थान बनायो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको क्वार्टर फाइनल म्याचमा जर्जियन युनाइटेडले मल्ली एफसी-लाई ९-०-ले पराजित गऱ्यो। विजेता टीमबाट गणेश लिम्बु एक्लैले ४ गोल गरे। यसबाहेक प्रवीण सुब्बा र प्रणय मुखियाले २-२ गोल गरे।

एक गोल विवेक थापाले छिराए। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement