खरसाङ विश्वकर्मा समाजको आयोजनामा शताब्दी गौरव यात्रा सम्पन्न

IMG-20251207-WA0093

खरसाङ: खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह अन्तर्गत आईतवार बिहान खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्रा निकालिएको छ। सन् १९२५ मा स्थापना भएको विश्वकर्मा समाज खरसाङको शतवार्षिकी समारोह तीन चरणमा सम्पन्न भएको छ। पहिलो चरणमा बिहान खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्रा निकालेर कार्यक्रम स्थल सन्त अल्फन्सेससम्म पुगेर कार्यक्रममा परिणत भएको छ। यसावधि खरसाङको‌ रेलवे स्टेशन परिसरमा समाजका पुरोहितहरुले शंक घोष साथै मन्त्रोचारण गरेर एक हजार पटेकाहरु पड्काएर शताब्दी गौरव यात्रा शुरु गरिएको थियो। उक्त शताब्दी गौरव यात्रा खरसाङ बजार र हिल कार्ट रोड हुँदै खरसाङ विश्वकर्मा समाजको पदाधिकारीहरु र विभिन्न स्थानहरुबाट आएका प्रतिनिधिहरुले सांस्कृतिक बाजा गाजाको साथमा नाच्दै गाउँदै रैली निकालिएको थियो।

उक्त शताब्दी गौरव यात्रा कार्यक्रम स्थल खरसाङको सन्त अल्फसेस विद्यालयमा पुगेर शताब्दी समारोहमा परिणत भएको थियो।‌ यस अवसरमा विद्यालयको अघिपट्टि शुरुमा नै खरसाङ विश्वकर्मा समाजको झण्डा प्रमुख अतिथि डीएस दर्नाल, अति विशिष्ट अतिथिद्वय सिक्किमका विधायक मदन सेञ्चुरी र लायन्स क्लबको गवर्नर केदार गजमेर, सभापति निर्मलकुमार गहतराज लगायत अन्यको बाहुलीबाट उत्तोलन गरिएको छ। यसको साथै शान्तिको प्रतिक परेवा पनि उडाईएको छ। यसको साथै गेट परिसरमा नै मुख्य अतिथि, अति विशिष्ट अतिथिहरुका बाहुलीबाट रिबन काटेर शतवार्षिकी समारोहको उदघाटन गरिएको छ।‌

उक्त शताब्दी गौरव यात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह समितिको मुख्य संयोजक हेमन्तकुमार दर्नालले खरसाङ विश्वकर्मा समाजको १०० वर्ष पुगेको अवसरमा शतवार्षिकी समारोहको पहिलो चरणमा खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्रा निकालिएको र यो यात्रा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा पुगेर समाप्त भएको जानकारी गराएका छन्। उनले यसमा सहभागी र अतिथिहरु सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement