द. अफ्रिकाविरुद्ध टी२० सीरीज अघि शुभमन गिल फिट घोषित

IMG-20251206-WA0121

नयाँ दिल्ली: भारतीय टेस्ट र वनडे टीमका कप्तान शुभमन गिल मैदानमा फर्किन तयार छन्। उनलाई भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को बेंगलुरु स्थित सेण्टर अव् एक्सीलेन्स (सीओई)-मा पुनर्वास (रिह्याबिलिटेशन) सफलतापूर्वक पूरा गरेपछि सम्पूर्ण रूपले फिट घोषित गरिएको छ। गिलले आफ्नो पुनर्वास मात्र पूरा नगरेर प्रतिस्पर्धी क्रिकेटमा फर्किनको निम्ति आवश्यक सबै फिटनेस र प्रदर्शन मानदण्डहरूलाई पनि पूरा गरेको चिकित्सा अधिकारीहरूले बताएका छन्। गिललाई सीओई-बाट छुट्टी पनि दिइएको छ। यसरी उनी अब ९ दिसम्बरदेखि दक्षिण अफ्रिकाविरुद्ध खेलिने ५ वटा म्याचको टी२० सीरीज खेल्न तयार छन्। गिललाई दक्षिण अफ्रिकाविरुद्ध कलकत्तामा खेलिएको पहिलो टेस्ट म्याचको अवधि गर्दनमा चोट लागेको थियो। भारत र दक्षिण अफ्रिकाबीच टी२० शृंखलाको पहिलो म्याच ९ दिसम्बरमा कटकमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement