सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफीः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल यल्लो र आरकेएसपी फाइनलमा

IMG_20220927_180614.jpg

२७ सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा मंगलवार खेलिएको दुईवटा सेमिफाइनलमा आयोजक सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूलको यल्लो टीम र आरकेएसपी-ले फाइनलमा स्थान बनायो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा आज खेलिएको पहिलो सेमिफाइनलमा सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूलको यल्लो टीमले सरस्वती हायर सेकेण्डरी स्कूल (मंगपू)-लाई ९-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रतीत छेत्री, छेवांग तामाङ र प्रियांजल गुरुङले २-२ गोल गरे। सरस्वती हायर सेकेण्डरी स्कूलका स्वरूप राईलाई प्लेयर अव् द म्याच चयन गरियो।

यसरी नै दोस्रो सेमिफाइनलमा आरकेएसपी-ले घूम बोइज हाई स्कूललाई सडन डेथमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा आरकेएसपी-बाट सोहन प्रधान र घूम बोइज हाई स्कूलबाट सोहन प्रधानले गोल गरे। घूम बोइज हाई स्कूलका युवराज राईले प्लेयर अव् द म्याच चयन गरियो। आज पूर्व फूटबलर उदय सुब्बा र आयोजक स्कूलका पूर्व शिक्षक दीपक छेत्रीलाई सम्बर्द्धना जनाइयो। टुर्नामेण्टको फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *