सिटोङ लाटपञ्चर समष्टिको अप्पर बैदाङ झोडादेखि अप्पर रोलक भएर शेल्पु बजार पुग्ने बाटोको निर्माण कार्य शुरु

IMG-20251206-WA0112

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिटोङ लाटपञ्चर समष्टिको अप्पर बैदाङ झोडादेखि अप्पर रोलक भएर शेल्पु बजार पुग्ने बाटोको निर्माण कार्य शुरु भएको छ। केही समय अघि जीटीए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट उक्त ३.९० किमी सडक निर्माण कार्यको शिलान्यास गरिएको थियो। उक्त सडक निर्माण कार्यको लागत रकम रु० ३५९.४९ लाख रहेको छ जो पश्चिम बंगाल ग्रामीण विकास विभाग दार्जिलिङ डिभिजनद्वारा निर्माण हुने भएको छ। यस बाटो निर्माण कार्यको थालनीको अवसरमा क्षेत्रीय पञ्चायत समिति सदस्य विकास थापा, पञ्चायत सदस्य निलम तामाङ, सिटोङ-लाटपञ्चर समष्टि अध्यक्ष रतन गुरुङ साथै स्थानीय जन लगायत भोगोप्रमो कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सडक निर्माण कार्य शुरु भएकोमा गाउँलेहरुले खुशी व्यक्त गर्दै जीटिएीए प्रमुख कार्यपाल अनित थापाप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement