सोनादा: ‘हाम्रो गाउँ हाम्रो समाधान’ योजना अन्तर्गत सन्त मेरिजमा सन्त मेरिज ग्राम सेवा समितिको समाज भवनको माथिल्लो तला निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। पश्चिम बङ्गाल सरकारको “हाम्रो गाउँ हाम्रो समाधान” योजना अन्तर्गत गत २० अगस्ट, 2025-का दिन सन्तमेरिज गाउँमा द्वारे सरकार आयोजना गरिइएको थियो, जसमा भागोप्रमो सन्तमेरिज (१८१ बूथ) लोवर शाखाद्वारा सन्तमेरिज ग्राम सेवा समिति भवनको माथिल्लो तल्लामा ट्रस्ट लगाएर भवन निर्माण गरिने योजना हालिएको थियो।
फलस्वरुप, सोही योजनाको आधिकारिक कार्य आदेश निस्किएको हुनाले उक्त कार्यको निम्ति सन्तमेरिज ग्राम सेवा समिति भवनको माथिल्लो तल्लामा शिलान्यासको कार्यक्रम सम्पन्न गरियो। सन्त मेरिज पल्लीका पल्ली पिताद्वारा प्रार्थना गरेर शिलान्यास गरिएको उक्त शिलान्यास कार्यक्रममा टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा, खरसाङ खण्ड पञ्चायत समिति सदस्य एवं कर्माध्यक्ष बिरेन्द्र तामङ, सन्तमेरिज २ ग्राम पञ्चायतका क्षेत्रीय सदस्य टाँसी(शैलेन्द्र) लामा,भागोप्रमो सन्तमेरिज लोवर शाखाका संयोजक एन्ड्रयु थापा, सभापति सिनेन थापा, सचिव रोशन सिङ्ग, समष्टिको साङ्गठनिक सचिव बिपन भूजेल, समष्टिको सल्लाहकार दिलीप गजमेर, सन्तमेरिज ग्राम सेवा समितिका सचिव अमर राई, समितिका कार्यकारिणी सदस्य/सदस्यागण, लगायत ग्रामवासीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यको निम्ति आधिकारिक कार्य तालिका निस्किएपछि सो कार्य आरम्भ गरिने कार्य एजेन्सीले जानकारी दिएका छन्।









