गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

IMG-20251206-WA0092

गोरामुमोले छैटौं अनुसुचीभन्दा मुनिको व्यवस्था मान्दैन, यदि केन्द्र शासित राज्य दिन्छौं भने छैटौं अनुसुचीको आत्मा हुनुपर्छ: एनबी छेत्री

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा २१ औं छैटौं अनुसूची सम्झौता दिवस पालन गरेको छ। खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई भूषण देवानले सञ्चालन गरेका थिए। गोरामुमो शीर्ष नेतृत्व पारस गुरुङको प्रमुख अतिथि रहेको समारोहमा प्रमुख वक्ताको रुपमा एनबी छेत्री, गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई, भातृ संगठनका सम्पूर्ण प्रतिनिधिवर्ग साथै गोरामुमो कार्यकर्ताहरुको उपस्थितिमा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको तस्विरमा दीप प्रज्वलन गरेर विभिन्न सांस्कृतिक कार्यक्रमबीच छैटौं अनुसूची सम्झौता दिवस समारोह सम्पन्न गरिएको छ‌।गोरायुमो केन्द्रीय समितिको संयोजक आनन्द राईले आफ्नो वक्तव्य राख्दै भने, अब सम्पूर्ण क्षेत्रीय पार्टीले पनि छैटौं अनुसूची भन्नुपर्छ। भारत सरकारद्वारा गोर्खाहरुको मुद्दाको निम्ति नियुक्ति गरेको सरकारी वार्ताकारलाई एउटै आवाज भएर बताउनुपर्छ। सरकारी वार्ताकार बीजेपीले पठाएको भन्ने हल्ला पिट्दैछ। तर सरकारी वार्ताकार भारत सरकारले पठाएको हो।
छैटौं अनुसुचीको सम्झौतामा भारतको केन्द्र सरकार, राज्य सरकारले हस्ताक्षर गरेको छ, हाम्रोमा डकुमेन्ट छ। तपाईंहरु आउनुहोस् सबैजना। सुवास घिसिङले छैटौं अनुसूची मागेको कारण यो भूभागलाई गोर्खाहरुको नाममा रेजिस्ट्रेसन गराउनुको निम्ति हो।’
छैटौं अनुसूची भनेको गोर्खाको किपट हो। जीटीए के हो भन्दै आनन्द राईले प्रश्न गरे। उनले दागोपापले गोर्खाहरुलाई सुरक्षा दिएको छ तर जीटीएले खोइ सुरक्षा दिएको? बेची खायो पहाडको नेताहरुले भनी आनन्द राईले आफ्नो वक्तव्यको क्रममा बताएका छन्। समारोहमा प्रमुख वक्ताको रुपमा बोल्दै एनबी छेत्रीले भने, २०१९ देखि गोरामुमोले भित्रभित्रै गोर्खाहरुको मुद्दाको निम्ति काम गरिसकेको छ। हामीले हल्ला गरेका छैनौं। गोरामुमो आफ्नो मुद्दामा एक इन्च पनि पछि हटेको छैन। गोर्खाल्याण्ड भयो भने पनि माटोको ग्यारेन्टी छैन तर छैटौं अनुसूची भयो भने माटोको ग्यारेन्टी हुन्छ। सुवास घिसिङले माटोको सुरक्षाको निम्ति नै आन्दोलन गर्नु सिकाएको हो। हामीलाई बंगालले दबाएर राखेको छ। आरक्षणमा हामीलाई छुट्टाएको छ। यो सबबाट मुक्ति पाउनु भनेको नै छैटौं अनुसूची एउटा औषधि हो। २००५ मा छैटौं अनुसूची भएको भए आज न त हाम्रो जमीन अरुलाई बेच्नु पाउथ्यो न त किन्नु पाउँथ्यो। २०१९ मा हामी बीजेपी गठबन्धनमा जाँदा पनि गोरामुमोले एउटा ज्ञापन पत्र दिएका थियौं। त्यसमा गोरामुमोले छैटौं अनुसुचीभन्दा मुनिको व्यवस्था मान्दैनौं। यदि केन्द्र शासित राज्य दिन्छौं भने छैटौं अनुसुचीको आत्मा हुनुपर्छ भनेर ज्ञापन पत्रमा उल्लेख गरेका छौँ। दागोपापको समयमा नर्सिङको कोटामा ५० मा ४९ जना पहाडको विद्यार्थीहरुको कोटा हुन्थ्यो अहिले मात्र १ जना हुन्छ यस्तो छ पहाडको अवस्था जीटीए बोल्नु सक्दैन।


उनले अघि भने, ‘कोलकातासँग बोल्नु वाक्य बसेको जस्तै हुन्छ जीटीए। अहिले चुनावको समयमा बाटो र सार्वजनिक भवनको शिलान्यास गर्दैछ। बाटो र सार्वजनिक भवनले गोर्खाहरुको सुरक्षा गर्छ? गोरामुमोले माटोको सुरक्षा नभएको सम्झौतामा पटक्कै हस्ताक्षर गर्ने छैन। गोरामुमो आफ्नो मुद्दाप्रति एक इन्च पनि पछि हटेको छैन। जीटीएको चुनावमा हामीले नजानुभन्दा र्‍याल चुहाउँदै नाच्दै गएको हो यदि जीटीएको चुनावमा सबैले बहिष्कार गरेको भए आज हाम्रो समस्याको समाधान भइसक्ने थियो।’
अब जीटीएको आयु लामो छैन भनी एनबी छेत्रीले आफ्नो वक्तव्यको क्रममा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement