गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज डामडिमस्थित बोकर सेड्रा ओबार छिमेलिङ उच्च अध्ययन एवं अनुसंधान संस्थान भ्रमण गरी क्याब्जे बोकर रिम्पोछेको भेट गरेका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा यस भ्रमणको जानकारी साझा गर्दै हर्ष व्यक्त गरेका छन्। भ्रमणको क्रममा मुख्यमन्त्रीसँग मन्त्री सोनाम लामा र सल्लाहकार/विधायक सञ्जीत खरेल पनि उपस्थित थिए।

मुख्यमन्त्रीले गुम्पामा प्रार्थना गर्न र रिम्पोछेको दिव्य आशीर्वाद लिन पाएकोमा आभार व्यक्त गरेका छन्। उनले शान्त वातावरण र भिक्षुहरूको न्यानो उपस्थितिले भ्रमणलाई अझ अर्थपूर्ण बनाएको र शान्ति, कृतज्ञता तथा आध्यात्मिक सम्बन्धको भावना प्रेरित भएको उल्लेख गरेका छन्।










