गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले ब्रोकियोलाइटिस ओब्लिटेरन्स रोगबाट ग्रस्त बालक नयन विश्वकर्मको उपचारमा लगातार सहयोग गर्दै आएका छन्। हाल नयन दिल्लीमा उपचाराधीन छन्।
हिजो दिल्ली भ्रमणको क्रममा मुख्यमन्त्री तामाङले नानी र उनका अभिभावकसँग भेट गरी उपचारको अवस्था बुझेका छन्। नानीको फोक्सो प्रत्यारोपण आवश्यक भएकाले अब उनको उपचार चेन्नईमा गरिने भएको छ।
सिक्किम सरकार र मुख्यमन्त्रीकै पहलमा नानीको उपचारको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्रीले लिएका छन्। नानीका अभिभावकले मुख्यमन्त्रीलाई भगवानको संज्ञा दिंदै कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्रीले भने, “म भगवान होइन, मान्छे हुँ, तर तपाईंहरूको सेवा गर्नु भनेर भगवानले पठाएको हुनसक्छ। नडराउनुहोस्, म छु।”










