अबु धाबी: क्रिकेटको सबैभन्दा छोटो प्रारूपमा ब्याटरहरूका निम्ति आतंकको पर्याय बन्ने सुनिल नारेनले असाधारण उपलब्धि हासिल गरेका छन्। वेष्ट इण्डिजका स्पिनर टी२० क्रिकेटमा ६०० विकेट लिने विश्वका तेस्रो बलर बनेका छन्। उनले बुधवार आईएलटी२०-को म्याचमा अबू धाबी नाइट राइडर्सको प्रतिनिधित्व गर्दै शारजाह वरियर्सविरुद्ध यस उपलब्धिलाई हासिल गरे। म्याच समाप्त भएपछि अबू धाबी नाइट राइडर्सले नारेनलाई यस उपलब्धिको निम्ति ६०० नम्बरको विशेष जर्सी पनि प्रदान गऱ्यो। म्याचमा टम एबेलको विकेट लिनको साथै ३७वर्षीय नारेनले आफ्नो ६०० विकेट पूरा गरे। टी२० क्रिकेटमा सर्वाधिक ६८१ विकेट (४९९ वटा म्याच) लिने रेकर्ड अफगानिस्तानका स्पिनर राशिद खानको नाममा रहेको छ। यसरी वेष्ट इण्डिजकै पेस बलर ड्वेन ब्राभोले ६३१ विकेट लिएका छन्। यस सूचीमा नारेनपछि दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर (४४६ वटा म्याचमा ५७० विकेट) छन्। आईपीएल छोड़ेर विदेशी टी२० लीगहरू खेल्न मनाही रहेको हुनाले यस सूचीको शीर्ष दशमा भारतका एकजना पनि बलर छैनन् । युजवेन्द्र चहल टी२०-मा भारतका सफलतम बलर हुन्, जसले ३८४ विकेट लिएका छन्।










