क्याप गेजिङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न

20251130_224447

गेजिङ: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको गेजिङ जिल्लाको कार्यकारिणी परिषद्को समन्वय बैठक आज ९ माइलस्थित जिल्ला पार्टी कार्यालयमा जिल्ला महासचिव खगेन दाहालको अध्यक्षतामा सम्पन्न भयो।
बैठकमा जिल्ला अध्यक्ष ओङदिला भोटिया, राज्य उपाध्यक्ष रामचन्द्र राई, पूर्व सैनिक परिषद् अध्यक्ष एनबी राई र अन्य वरिष्ठ जिल्ला नेतृत्वहरू उपस्थित थिए।
बैठकमा जिल्लास्तरमा दक्षता, पारदर्शिता र संगठनात्मक सुदृढिकरणका लागि कार्यालय नियम तथा प्रशासनिक कार्यप्रणाली सुधार गर्ने निर्णय गरिएको छ। यसैगरी युनिट स्वयंसेवक परिषद् गठन, एफआईआरका लागि ब्लकस्तरीय एजेन्ट नियुक्ति, स्थापना दिवस तयारी लगायतका विषयमा छलफल गरिएको छ।
नव नियुक्त सचिव प्रशासन (अतिरिक्त जिम्मेवारी) र राज्य उपाध्यक्ष प्रभारीका रूपमा ओङदिला भोटियालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement