सिक्किम सांसद डा. इन्द्रहाङ सुब्बा र केन्द्रिय राज्य मन्त्री तोखन साहूबीच भेटवार्ता

n69176793217648881719552b77ac3b182ff3bc84c449a19fcceca017745328845b6ed67176cfb6305e3a18

गान्ताेक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा केन्द्रिय आवास तथा शहरी मामिला राज्य मन्त्री तोखन साहूसँग भेट गरी सिक्किम र सम्पूर्ण हिमाली क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल गरेका छन्। यो जानकारी आज जारी एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।
सांसद सुब्बाले विशेष रूपमा हिमाली भूभागका शहरी क्षेत्रहरूमा फोहोर व्यवस्थापन चुनौती दिन-प्रतिदिन गम्भीर बन्दै गएको विषयमा ध्यानाकर्षण गराए। उनले कठिन भौगोलिक अवस्था, फोहोर प्रशोधनका लागि सीमित जमिन, अत्यधिक ढुवानी खर्च, साथै पर्यटकको बढ्दो दबावले फोहोर व्यवस्थापन हिमाली संवेदनशील पारिस्थितिक प्रणालीका लागि गम्भीर पर्यावरणीय संकटको रूपमा विकसित भइरहेको बताए।
केन्द्रिय राज्य मन्त्री तोखन साहूले सिक्किमको सफा र हरित पहिचान सुरक्षित राख्न मन्त्रालयको तर्फबाट हर सम्भव सहयोग गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement