क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी दार्जीलिङ आञ्चलिक कमिटीको सभा

IMG-20251204-WA0123

दार्जिलिङ: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी दार्जीलिङ आञ्चलिक कमिटीको सभा कृष्णवीर राईको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टीको केन्द्रीय महासचिव नर्बु लामा, केन्द्रीय सदस्य बलि ढुक्पा, आञ्चलिक कमिटीको पदाधिकारीहरु उपस्थित रहेका थिए‌। सभामा आगामी दिनमा पालन गरिने २९ औं स्थापना दिवस पालन गरिने विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै सभामा इन्टरलोक्युटर विषयमा गहन चर्चा परिचर्चा गरिएको छ। सभामा इन्टरलोक्युटरले चाढै गोर्खाहरुको समस्या समाधान गर्नुपर्छ भनी मांग गरिएको छ। विशेष गरी आगामी दिनमा हुने बंगाल विधानसभाको चुनाव अघि नै गोर्खाहरुको समस्या समाधान हुनुपर्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसको साथै चियाबारी श्रमिकहरुका विभिन्न समस्याहरु समाधान गर्नलाई दार्जिलिङ तराई डुवर्स मजदुर युनियनले‌ सक्रिय रुपमा कार्य गर्ने भएको छ। यसको साथै आगामी फरवरी महिनामा क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टीको तर्फबाट मुद्दाको लागि १०० जनाभन्दा बढी मानिसहरु दिल्ली जाने भएको जानकारी उध्दव खनालले जानकारी गराएका छन्।‌ उनले दिल्ली यात्राको लागि सबैले ३१ दिसम्बरसम्ममा‌ आफ्नो‌ आधार कार्ड बुझाउने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement