तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक

IMG-20251204-WA0121

खरसाङ: तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरिएको छ। तीनधारेको मिठाईडाँडास्थित खेल मैदानमा आयोजित एक कार्यक्रममा तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरिएको छ। उक्त तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट यसपाली आगामी १४ दिसम्बरदेखि शुरु हुने भएको छ। युनाइटेड तीनधारे स्पोर्टस् एसोसिएसनको आयोजनामा यसपाली तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना भईरहेको छ। गत वर्ष यही खेल‌ मैदानमा तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको आयोजना गरिएको थियो भने यसपाली तीनधारे गोल्ड कपको आयोजना गरिने भएको छ। उक्त तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको खेल तालिका युनाइटेड तीनधारे स्पोर्टस् एसोसिएसनको पदाधिकारीहरु उपस्थित भएर सार्वजनिक गरिएको छ। यस तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट‌ा दार्जिलिङ, खरसाङ, कालेबुङ, सिलगढी गरी जम्मा १६ वटा टिमहरुले‌ सहभागिता जनाउने जानकारी गराइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्टस् एसोसिएसनको मूल सचिव रञ्जित थापा र मुख्य संरक्षक एंव क्षेत्रीय सभासद नवराज छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै विस्तृत जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement