टिस्टा मेचीको सङ्गम’ रेभ पीडी भोंग्मू र प्रेरित एनडी थुलुङ अभिनन्दन ग्रन्थ’ लोकार्पण

IMG-20251204-WA0120

सिलगढी: सम्मान परिवारको आयोजनामा सिलगढीको देवीडाङ्गा अन्तर्गत बाबुबासास्थित हिमाली सालोम चर्चमा‌ सम्पन्न कार्यक्रममा टिस्टा र मेचीको सङ्गम’ रेभ पीडी भोंग्मू र प्रेरित एनडी थुलुङ अभिनन्दन ग्रन्थको लोकार्पण गरिएको छ। यसको साथै भारतबाट रेभ पीडी भोंग्मू र प्रेरित एनडी थुलुङलाई सम्वर्द्धना जनाउन उक्त अभिनन्दन ग्रन्थ लोकार्पण गरिएको छ। कार्यक्रममा दुईजना सम्वर्ध्दित गुरुजनको अभिनन्दन ग्रन्थ ‘टिस्टा मेचीको सङ्गम’ रेभ पीडी भोंग्मू र प्रेरित एनडी थुलुङ अभिनन्दन ग्रन्थ’ को सम्पादन टोलीमा मुख्य सम्पादक रेभ जीवन राई ‘ज्योति’, कार्यकारी सम्पादक हनोक थापा, सह सम्पादक पा शरण ‘शरद’ रहेका थिए।‌ यस कार्यक्रममा पुस्तक समर्पणको प्रार्थना रेभ डा. छत्र सुब्बा पावलले गरेका थिए भने उनले आफ्नो गजल पनि पठन गरेका थिए। उक्त अभिनन्दन ग्रन्थको लोकार्पण कार्यक्रमकी सभाध्यक्षा सेविका मन्नु रोंगोंग, प्रमुख अतिथि आरसी तिमोथी, विशिष्ट अतिथिहरु क्रमैले रेभ डा. छत्र सुब्बा पावल, रेभ उत्तम प्रधान, रेभ बीरू गुरुङ, एल्डर‌ दयारत्न प्रधान, दुईजना सम्वर्ध्दित गुरुजन रेभ पीडी भोंग्मू र प्रेरित एनडी थुलुङ साथै सम्मान परिवारको तर्फबाट मुख्य संयोजक एवं दर्शनकर्ता प्रेरित ध्रुव ‘शिष्य’, सभापति रेभ नारायण जोशुवा शर्मा, मुख्य सम्पादक रेभ जीवन राई ‘ज्योति’ आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थको लोकार्पण भएको घोषणा प्रमुख अतिथिको रुपमा उपस्थित काठमाडौंबाट आएका आरसी तिमोथीले गरेका थिए। उक्त लोकार्पित अभिनन्दन ग्रन्थको कार्यकारी सम्पादक हनोक थापाले सम्पादकीय टोलीको तर्फबाट वक्तव्य राखेका थिए। कार्यक्रममा अभिनन्दन ग्रन्थमा रचना दिएर सहयोग गर्ने लेखकहरुलाई स्मृति चिन्ह र एउटा पुस्तक प्रदान गरेर सम्मान जनाइएको छ। छजना लेखकहरुमा डा. एडोन रोंगोंग (पत्नी मन्नु रोंगोंगलाई प्रदान), रेभ सलोन कार्थक, रेभ डा. छत्र सुब्बा पावल, पास्टर दिसन लेप्चा, एल्डर मसीह प्रकाश मोक्तान, रामप्रसाद पौड्याल आदिलाई सम्मान जनाइएको छ। सम्मान परिवारको तर्फबाट योभन्दा पहिला रेभरेन्ट डा. एडोन रोंगोंग अभिनन्दन ग्रन्थ’ २०२० मा प्रकाशित गरेको थियो भने यसपाली भारत र नेपालका दुईजना वरिष्ठ पास्टरहरुलाई सम्वर्ध्दनासहित अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement