दुईजना वरिष्ठ पास्टरहरुलाई सम्वर्ध्दना जनाउन सम्वर्ध्दना अनि अभिनन्दन ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न

IMG-20251204-WA0116

सिलगढी: खरसाङ महकुमा अन्तर्गत सिटोङ सिलोआम चर्चका संस्थापक वरिष्ठ पास्टर रेभरेन्ट पीडी भोंग्मू र पूर्वी नेपालका वरिष्ठ पास्टर प्रेरित एनडी थुलुङलाई सम्मान परिवारको आयोजनामा सम्वर्ध्दना जनाइएको छ। दुवैको सम्मानमा सम्वर्ध्दना साथै अभिनन्दन ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। सिलगढीको देवीडाङ्गा अन्तर्गत बाबुबासास्थित हिमाली सालोम चर्चमा‌ सम्पन्न कार्यक्रममा दुवैलाई सम्वर्द्धना जनाइएको छ। उक्त कार्यक्रमको अध्यक्षता सेविका मन्नु रोंगोंगले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा एकता बुक्स हाउस प्राइवेट लिमिटेडको निर्देशक आरसी तिमोथी थिए। सम्मान परिवारको सचिव पा शरण ‘शरद’, सह सचिव रुबेन रमेश राई र कार्यकारी सम्पादक हनोक थापा आदिले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण कोषाध्यक्ष रेभरेन्ट सुरेन खवासले गरेका थिए। एल्डर दयारत्न प्रधानको शुरुको प्रार्थनाद्वारा शुरु गरिएको कार्यक्रममा कार्यक्रममा जोर्डन प्रेयर टावरको आमाहरुले समूह गीत प्रस्तुत गरेका थिए भने पा प्रमोद राईको अगुवाईमा पनि गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सम्मान परिवारको उद्देश्य र औचित्य विषयमा मुख्य संयोजक एवं दर्शनकर्ता प्रेरित ध्रुव ‘शिष्य’ले वक्तव्य राखेका थिए। कार्यक्रममा सम्वर्ध्दित गुरुजनको जीवनी सम्मान परिवारको सभापति रेभरेन्ट नारायण शर्माले राखेका थिए। कार्यक्रममा भारतबाट खरसाङको सिटोङस्थित सिलोआम चर्चका संस्थापक पास्टर रेभ पीडी भोंग्मू र नेपालबाट एनडी थुलुङलाई सम्वर्द्धना जनाइएको छ। यस क्रममा दुवैलाई कार्यक्रमको अध्यक्षा, प्रमुख अतिथि, सम्मान परिवारको मुख्य संयोजक एवं दर्शनकर्ता प्रेरित ध्रुव ‘शिष्य’ र सभापति रेभ नारायण जोशुवा शर्माको बाहुलीबाट खदार्पणसहित टोपी पहिराएर‌ साथै दोसल्ला ओढाएर सम्मान जनाइएको छ भने स्मृति चिन्ह र सम्वर्ध्दना पत्र र नगदराशि पचास हजार प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ।कार्यक्रममा दुवै सम्वर्ध्दित गुरुजन रेभ पीडी भोंग्मू र प्रेरित एनडी थुलुङले वक्तव्य राखेका थिए। दुवैले आफ्नो सम्बोधनमा यो सम्मानको लागि सम्मान परिवारप्रति आभार प्रकट गर्दै यो सम्मानको क्रम‌ निरन्तर रहोस् भनी बताएका छन्।‌
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित आरसी तिमोथीले सम्मान परिवारको यो कार्य सराहनीय र असल रहेको बताएका छन्‌। उनले यो क्रम जारी रहने आशा व्यक्त गरेका छन्। कार्यक्रममा सभाध्यक्षा सेविका मन्नु रोंगोंगले आफ्नो छोटो वक्तव्यमा सम्मान परिवारको यो प्रभुका दासहरुलाई सम्मान गरिने कार्यक्रम स्तुत्य रहेको र यो कार्य निरन्तर रहने आशा व्यक्त गरिन्।

कार्यक्रममा धन्यवाद ज्ञापन सम्मान परिवारको उपाध्यक्ष एवं प्रमुख सम्पादक रेभ जीवन राई ‘ज्योति’ले राखेका थिए। कार्यक्रममा अन्तिम प्रार्थना रेभ उत्तम प्रधानले‌ गरेका थिए भने अन्तिम आशिष प्रेरित ध्रुव ‘शिष्य’ले गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सम्मान परिवारको तर्फबाट सभापति रेभरेन्ट नारायण जोशुवा शर्माले विस्तृत जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement