कोलकातामा ‘आईआईटीसीसी’ को भव्य शुभारम्भ

IMG-20251203-WA0152

कोलकाता: भारतको पहिलो तथा एकमात्र समर्पित पर्यटन च्याम्बर इन्डो इन्टरनेशनल टुरिज्म च्याम्बर अफ कमर्स (आईआईटीसीसी) को कोलकातामा औपचारिक शुभारम्भ गरिएको छ। यस पहलको उद्देश्य भारतीय पर्यटन क्षेत्रमा संरचना, प्रतिनिधित्व र अन्तर्राष्ट्रिय स्तरको मापदण्ड ल्याउनु रहेको बताइयो।
आईआईटीसीसी का संस्थापक तथा अध्यक्ष अभिषेक चौधरीका अनुसार भारत विश्वका प्रमुख पर्यटन गन्तव्यहरू मध्ये एक भए पनि पर्यटन क्षेत्रमा दीर्घकालीन रूपमा समर्पित प्रतिनिधि संस्थाको अभाव थियो। उनका अनुसार, आईआईटीसीसीले पर्यटन पेशेवरहरूलाई सशक्त बनाउने, नीति निर्माणमा सल्लाहकारको भूमिका खेल्ने र भारतलाई ग्लोबल पर्यटन शक्ति केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
च्याम्बरको मुख्य उद्देश्यहरूमा भारतमा सस्टेनेबल टुरिज्म प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रका स्टेकहोल्डरहरूका लागि नयाँ अवसर सिर्जना गर्ने, अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने—जस्ता लक्ष्यहरू समावेश छन्।
आईआईटीसीसी ले एशियाकै सबैभन्दा ठूलो पर्यटन च्याम्बर बन्ने, विश्वका अग्रणी पर्यटन बोर्डहरूसँग सहकार्य बढाउने तथा उद्योगका लागि विश्वसनीय प्लेटफर्म निर्माण गर्ने योजना अघि सारेको छ।


लन्च कार्यक्रममा उद्योगका अग्रणी व्यक्तित्वहरू, उद्यमी तथा नीतिनिर्माताहरूको उपस्थिति रहेको थियो, जसले आईआईटीसीसी को मिशनलाई थप ऊर्जा र समर्थन प्रदान गरेको बताइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement