रोहित र कोहलीका आलोचकहरूलाई हरभजनको उचित जवाफ

IMG-20251204-WA0088

नयाँ दिल्ली: भारतीय टीमकी पूर्व स्पिनर हरभजन सिंहले ती मानिसहरूलाई निशाना बनाएका छन्, जसले रोहित शर्मा र विराट कोहलीको भविष्यमाथि चर्चा गरिरहेका छन्। हरभजनले बताएअनुसार, यो साँच्चै दुर्भाग्यजनक कुरा हो कि ती मानिसहरूले यी दुई दिग्गजको भविष्य तय गरिरहेका छन् जसले आफैले चाहिँ केही हासिल गरेका छैनन्। रोहित (३८ वर्ष) र कोहली (३७ वर्ष) अहिले केवल वनडे प्रारूपमा मात्र खेलिरहेका छन्। यी दुईजना दिग्गज ब्याटरले २०२७-मा हुने वनडे वर्ल्ड कपमा खेल्न सक्नेछन् या छैनन् भन्ने चर्चा गत केही समयदेखि चलिरहेको छ। भारतीय टीमका वर्तमान मुख्य प्रशिक्षक गौतम गम्भीर र मुख्य चयनकर्ता अजीत अगरकर पनि रोहित रर कोहलीले वर्ल्ड कपमा खेल्नेबारे स्पष्ट छैनन्। वनडे वर्ल्ड कपको टीममा स्थान बनाउन यी दुईजनाले संघर्ष गर्नु पर्ने पनि संकेत प्राप्त भएको छ। मैदान बाहिर नानाभाँती चर्चा चलिरहेको भए पनि मैदानमा चाहिँ यी दुईजना असाधारण फर्ममा रहेका छन्। हरभजनले भने, यो कुरा मैले बुझ्न सकेको छुइनँ। म शायदको यसको जवाफ दिन सक्दिन कारण म आफै पनि खेलाड़ी रहेको छु। जे म अहिले देखिरहेको छु, त्यो मसँग पनि भएको थियो। मेरो धेरै साथी खेलाड़ीहरूसँग यस्तो भएको छ तर यो दुर्भाग्यपूर्ण कुरा हो। हामी यसबारे कुरा गर्दैनौं या यसमाथि कुनै चर्चा गर्दैनौ। विराट कोहली र रोहित शर्मा जस्ता खेलाड़ीहरूलाई अहिले पनि मजबूतीको साथ अघि बढ़िरहेको देख्दा मलाई खुशी लाग्छ। यसैकारण यो सामान्य दुर्भाग्यपूर्ण हुनेछ कारण यी दिग्गजहरूबारे फसेला ती मानिसहरूले लिइरहेका छन् जसले केही खास हासिल गरेका छैनन्। उल्लेखनीय छ, रोहित र कोहली अहिले असल फर्ममा छन्। रोहितले गत ४ वटा ईनिंग्समा एउटा शतक र २ वटा अर्द्धशतक बनाएका छन्। यसरी कोहलीले गत ३ वटा ईनिंग्समा २ वटा शतक र एउटा अर्द्धशतक बनाएका छन्। हरभजनले भने, उनीहरूले सदा रन बनाएका छन् अनि भारतको निम्ति असाधारण खेलाड़ी भएका छन्। दुवैले ब्याटरको रूपमा उत्कृष्ट प्रदर्शन गर्नको साथै टीमको कप्तानी पनि गरिसकेका छन्। यी दुईजनाले रन बनाइरहेको देख्दा खुशी लाग्छ। च्याम्पियन खेलाड़ी बन्न के गर्नु पर्छ भन्ने यी दुईजनाले युवा पीढ़ीको निम्ति उदाहरण पेश गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement