खरसाङ: स्वास्थ्य विभाग पश्चिम बंगाल सरकार अनि खरसाङ महकुमा अस्पतालको आयोजनामा खरसाङ रेलवे स्टेशन परिसरमा एचआईभी एड्समाथि जागरूकता कार्यक्रम साथै सडक नाटक मञ्चन गरिएको छ। यस अवसरमा एचआइभी एड्सलाई लिएर मञ्चन गरिएको सचेतनामूलक सडक नाटक दार्जीलिङ साइन कला संस्थानको तर्फबाट गरिएको छ। उक्त सचेतनामूलक नाटक नाट्य कलाकारहरु क्रमैले आदित्य राया, रिना राया र सिबानी छेत्रीले मञ्चन गरेका थिए। विशेष गरेर गत 1 दिसम्बरमा विश्व एड्स दिवस पालन गरेपछि अहिले दार्जिलिङ जिल्लाभरिको विभिन्न स्थानहरुमा एड्स विषयमा सचेतना गराउँदै सडक नाटक मञ्चन गरिरहेको छ। यसै क्रममा दार्जिलिङमा मञ्चन गरिएपछि आज खरसाङमा मञ्चन गरिएको छ। उक्त नाट्य टोलीले खरसाङको बस टर्मिनल परिसरमा पनि एचआईभी एड्समाथि सचेतनामूलक नाटक मञ्चन गरेका थिए। यस सचेतनामूलक नाटक मञ्चन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आदित्य रायाले आफुहरुले एचआईभी एड्समाथि सचेतनामूलक नाटक मञ्चन दार्जिलिङमा गरिने आज खरसाङमा आयोजना गरिएको जानकारी गराएका छन्।









