जर्मनीलाई पराजित गरी स्पेनले जित्यो महिला नेशन्स लीगको खिताब

IMG-20251203-WA0116

म्याड्रिड: स्पेनले महिला नेशन्स लीगको खिताब जित्यो। मंगलवार राति खेलिएको फाइनलको दोस्रो चरणमा स्पेनले जर्मनीलाई ३-०-ले पराजित गऱ्यो। यसअघि २९ नोभेम्बरमा यी दुई टीमबीच खेलिएको फाइनलको पहिलो चरण गोलरहित ड्र (०-०) रहेको हुनाले समग्रमा ३-०-ले विजयी भएर स्पेनले ट्रफी जित्यो। स्पेनलाई च्याम्पियन बनाउनमा क्लाउडिया पिनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै २ गोल गरिन्। पहिलो चरण गोलरहित रहँदा दोस्रो चरण दुवै टीमको निम्ति महत्त्वपूर्ण बनेको थियो, जसमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै म्याच जित्यो। क्लाउडियाले म्याचको ६१औं र ७४औं मिनटमा गोल गरिन्। यसबाहेक विक्की लोपेजले ६८औं मिनटमा गोल गरिन्। म्याचमा स्पेनको टीम स्टार खेलाड़ी तथा ३ पल्टकी बेलोन डीओर विजेता ऐताना बोनमाती बिना ओर्लिएको थियो, जसलाई आइतवार अभ्यासको अवधि चोट लागेको थियो। एट्लेटिको म्याड्रिडको मेट्रोपोलिटानो स्टेडियममा खेलिएको म्याचमा घरेलु टीमको समर्थन गर्न लगभग ५६,००० दर्शकहरू उपस्थित थिए, जुन घरेलु मैदानमा स्पेनिश टीमको निम्ति एउटा रेकर्ड हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement