पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था नाजुक, चिनियाँ चिकित्सक दल उपचारमा जुट्यो

khalida-1764678798146

ढाका: बांग्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था नाजुक भएपछि चिनियाँ चिकित्सकहरूको पाँच सदस्यीय टोली एभरकेयर अस्पतालमा उपचारमा सक्रिय भएको छ। मंगलवार रातदेखि अस्पतालमा सुरक्षा कडा गरिएको छ।
अस्पतालका स्रोतका अनुसार, रात करिब दुई बजे मुख्य ढोकामा अवरोधक राखेर सुरक्षा बढाइएको छ र अस्पतालमा प्रवेश तथा बाहिर जानेको निगरानी गरिएको छ।
खालिदा जियालाई २३ नोभेम्बरमा हृदय र फोक्सोमा संक्रमणको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। चार दिनपछि स्वास्थ्य अवस्था बिग्रँदा उनलाई कोरोनरी केयर युनिट (सीसीयू) मा राखिएको थियो। बीएनपी उपाध्यक्ष अह्मद आजम खानका अनुसार, अवस्था बिग्रँदा जियालाई जीवनरक्षक प्रणालीमा राखिएको छ।
चिनियाँ विशेषज्ञ चिकित्सकहरूले मेडिकल बोर्डसँग बैठक गरी उपचारको निगरानी गरेका छन्। बांग्लादेशको अन्तरिम सरकारले उनलाई ‘अति महत्वपूर्ण व्यक्ति’ घोषणा गरेपछि सुरक्षा बलको विशेष टोलि तैनात गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement