सिलगढी: यस बर्ष शास्त्री नगर सर्व कल्याण समितिको पहलमा सिलगढी संलग्न जलपाइगढी अनि दार्जीलिङ जिल्लाको विभिन्न गाउँ-शहर अनि संघ-संस्थाहरुलाई लिएर संयुक्त रुपमा आयोजन हुन लागेको सिलगढी-जलपाइगढी गोर्खा फूलपाती शोभायात्राको निम्ति निर्णायक सभा आइतबार स्थानीय बालकृष्ण संघ, बन्किमनगरमा सम्पन्न भयो।
शोभायात्रा आयोजन समितिका अध्यक्ष पासाङ लामाको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु उपस्थित थिए।
शोभायात्रा आगामी २ अक्टोबर बिहान ९ बजी स्थानीय विशाल हल (सेभोक रोड)बाट प्रारम्भ गरि पायल हल, पानीट्यांकी मोड, आश्रमपाडा, हैदरपाडा, इस्कन-अञ्चल परिक्रमा गर्दै बन्किमनगरको बालकृष्ण संघमा समापन हुने भएको छ।
पूर्वघोषित कार्यक्रम अनुसार पहिलो चरणको शोभायात्रा कार्यक्रम समाप्त भएपछि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम शास्त्री नगरको भोटे माठमा गरिने योजना थियो तर विगत केहीदिनदेखि लगातार परिरहेको पानीले भोटे माठ जलमग्न अवस्थामा रहेकोले सांस्कृतिक कार्यक्रम गर्न सम्भव नभएको कारण यसदिन केवल शोभायात्रा भव्यरुपमा गरिने सभामा सर्वसम्मतीले निर्णय लिएको छ।
यसदिनको सभामा क्रमैले पासाङ लामा, प्रयाश योञ्जन, डी.के. विश्वकर्मा, नरेन्द्र घिमिरे, सर्जु शर्मा, शर्मिला गुरुङ, प्रताप गजमेर, गणेश छेत्री, देव कुमार रसाईली, अमृता रसाइली, मिना विश्वकर्मा, तारा रसाइली, बाटु विश्वकर्मा, सहदेव विश्वकर्मा, सीता घले, कैलाश रसाइली, सुभाष तामाङ, कुमारी गजमेर, कुमारी चन्दन, उत्तम गुरुङ, पदम छेत्री, उत्तम श्रेष्ठ आदिको विशेष उपस्थिति थियो।