आईपीएल २०२६-को मिनी लिलामीको निम्ति १३५५ खेलाड़ीहरूका सूची जारी

IMG-20251202-WA0073

मुम्बई: आईपीएल २०२६-को मिनी लिलाममीको निम्ति कुल १३५५ जना खेलाड़ीले लामो सूचीमा आफ्नो नाम दर्ता गराएका छन्। यो सूची आईपीएल फ्रेञ्चाइजीहरूसँग साझा गरिएको छ अनि रेजिस्ट्रेशनको अन्तिम तारिख ३० नोभेम्बर रहेको थियो। अब फ्रेञ्चाइजीहरूले यसमा प्रमुख नामहरूमाथि आफ्नो सहमति जनाउनेछ। त्यसपछि लिलामीको निम्ति खेलाड़ीहरूका फाइनल लिस्ट तयार गरिनेछ। ईएसपीएनक्रिकइन्फो-को रिपोर्ट अनुसार, यी १३५५ रेजिस्टर्ड खेलाड़ीहरूमा ४५ जना खेलाड़ीहरूले सर्वोच्च श्रेणी अर्थात २ करोड़ रुपियाँको वर्गमा रेजिस्ट्रेशन गराएका छन्। यसबीच अष्ट्रेलियाका स्टार अलराउण्डर ग्लेन म्याक्सवेलले चाहिँ लिलामीको निम्ति आफ्नो नाम सामेल गरेनन्। यसरी उनी बोलीमा सामेल हुनेछैनन्। प्रशंसकहरूलाई म्याक्सवेलले यस फसेलाले अचम्भित बनाएको छ। २ करोड़ रुपियाँ बेस प्राइस राख्ने शीर्ष खेलाड़ीहरूमा क्यामरन ग्रीन, लियम लिविंगस्टोन, रवि बिश्नोई, भेंकटेश अय्यर, मथीशा पथिराना र वानिन्दु हसरंगाको नाम पनि सामेल छ। आईपीएल २०२६-को मिनी लिलामीको आयोजन १६ दिसम्बरमा अबु धाबीमा हुनेछ। प्रत्येक फ्रेञ्चाइजीले अधिकतम २५ जना खेलाड़ीको स्क्वाड बनाउन सक्छ। यस आधारमा लिलामीमा कुल ७७ जना खेलाड़ी बिक्री हुनेछन्, जसमा ३१ वटा स्थान विदेशी खेलाड़ीहरूका निम्ति आरक्षित छ। सूचीमा २ करोड़ रुपियाँको बेस प्राइस हुने खेलाड़ीहरूका सूची निक्कै प्रभावशाली छ। यस सूचीमा केवल २ जना भारतीय खेलाड़ी भेंकटेश अय्यर र रवि बिश्नोईले आफ्नो नाम सामेल गरेका छन्। यसले अधिकांश भारतीय खेलाड़ी नै लिलामीमा टीम-मानसिकताको साथ ओर्लिन चाहेको स्पष्ट हुन्छ। अहिले मिनी लिलामीमा खेलाड़ीहरू खरीद गर्न कलकत्ता नाइट राइडर्स (केकेआर)-सँग सबैभन्दा ठूलो पर्स रहेको छ। केकेआरसँग ६४.३ करोड़ रुपियाँ उपलब्ध छ जबकि ५ पल्टको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके) ४३.४ करोड़ रुपियाँको साथ दोस्रो स्थानमा रहेको छ। यी दुवै टीमसँग विदेशी खेलाड़ीको स्लट पनि खाली छ। यसैकारण यी टीमहरूले ग्रीन जस्ता बहुआयामी खेलाड़ीमाथि ठूलो बोली लगाउन सक्छ। केकेआर-ले हालै ९ जना खेलाड़ी रिलीज गरेको छ अनि उनीहरूले १२ वटा सल्ट भर्नु पर्नेछ, जसमा ६ वटा विदेशी खेलाड़ीहरूका निम्ति आरक्षित छ। यसले केकेआर ठूलो अनि महत्त्वपूर्ण खरीदको मिजासमा रहेको स्पष्ट हुन्छ। यसरी सीएसके-सँग पनि ९ वटा स्लट खाली रहेको छ, जसमा ४ वटा विदेशी खेलाड़ीहरूका निम्ति रहेको छ। यसैकारण सीएसके पनि पेस बलर या अलराउण्डरमाथि निवेश गर्न तयार छ। सनराइजर्स हैदराबादसँग २५.५ करोड़, लखनऊ सुपर जाइण्ट्ससँग २२.९५ करोड़, दिल्ली क्यापिटल्ससँँग २१.८० करोड़, रोयल च्यालेञ्जर्स बेंगलुरुसँग १६.४ करोड़, राजस्थान रोयल्ससँग १६.०५ करोड़, गुजरात टाइटन्ससँग १२.९ करोड़, पञ्जाब किंग्ससँग ११.५ करोड़ र मुम्बई इण्डियन्ससँग २.७५ करोड़ रुपियाँको पर्स रहेको छ। यसपाली लामो सूचीमा पारम्परिक टेस्ट खेल्ने देशहरूको साथमा मलेशिया जस्ता देशका क्रिकेटरले पनि नाम रेजिस्ट्रेशन गराएका छन्। यसले आईपीएल केवल एउटा घरेलु टुर्नामेण्ट नभएर एउटा वैश्विक मञ्च बनेको साबित हुन्छ, जहाँ अलग-अलग देशका प्रतिभाहरूले मौका पाउँछन्।
सर्वाधिक २ करोड़ रुपियाँको बेस प्राइस भएका खेलाड़ीहरूः भारतः रवि बिश्नोई, भेंकटेश अय्यर। अफगानिस्तानः मुजीब उर रहमान, नवीन-उल-हक। अष्ट्रेलियाः सीन एबट, एश्टन एगर, कूपर कोनोली, जेक फ्रेजर-म्याकगर्क, क्यामरन ग्रीन, जोश ईंग्लिश, स्टीव स्मिथ। बंग्लादेशः मुस्ताफिजुर रहमान। ईंग्ल्याण्ड्ः गस एटकिन्सन, टम बेण्टन, टम करन, लियाम डसन, बेन डकेट, डेन लरेन्स, लियाम लिविंगसस्टोन, टायमल मिल्स, जेमी स्मिथ। न्यूजील्याण्डः फिन एलन, माइकल ब्रेसवेल, डेवोन कन्वे, जेकब डफी, म्याट हेनरी, काइल जेमिसन, एडम मिल्ने, डेरिल मिचेल, विल ओरुर्के, रचिन रविन्द्र। दक्षिण अफ्रिकाः जेराल्ड कोएत्जी, डेविड मिलर, लुंगी एनगिडी, एनरिक नोर्खिया, राइलो रुसो, तबरेज शम्सी, डेविज वीजे। श्रीलंकाः वानिन्दु हसरंगा, मथीशा पाथिरानास, महीश थीक्ष्णा। वेष्ट इण्डिजः जेसन होल्डर, शाई होप, अकील हुसैन, अल्जारी जोसेफ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement