नयाँ दिल्ली: भारतीय टेस्ट र वनडे टीमका कप्तान शुभमन गिल पुनर्वासको प्रक्रियामा रहेको छन्। गिल सोमवार अनिवार्य फिटनेस आकलनको निम्ति बेंगलुरु स्थित बीसीसीआई-को सेण्टर अव् एक्सीलेन्स (सीओई) पुगे। यसले दक्षिण अफ्रिकाविरुद्ध ९ दिसम्बरदेखि शुरु हुने ५ वटा टी२० म्याचको सीरीजमा गिलले खेल्ने सम्भावना देखिएको छ। गिललाई दक्षिण अफ्रिकाविरुद्ध कलकत्तामा खेलिएको पहिलो टेस्ट म्याचको अवधि गर्दनमा चोट लागेको थियो। त्यस चोटले गर्दा उनी मैदानबाट बाहिर रहेका छन्। उनको चोट गम्भीर नरहे भारतको टी२० टीममा कुनै फेरबदलको सम्भावना कम्ती नै छ। अहिले अजीत अगरकरको अगुवाईमा रहने चयन समितिले सीओई-बाट गिलको फिटनेस रिपोर्टको प्रतीक्षा गरिरहेको छ। यसबीच स्टार अलराउण्डर हार्दिक पाण्ड्या चाहिँ सम्पूर्ण रूपले फिट भइसकेका छन् अनि उनलाई टी२० प्रारूपमा खेल्ने अनुमति हासिल भइसकेको छ। उनले मंगलवार पञ्जाबविरुद्ध घरेलु सैयद मुश्ताक अली ट्रफी (स्म्याट)-मा खेल्न सक्छन्। यो लगभग दुई महिनापछि उनको पहिलो प्रतिस्पर्धी म्याच हुनेछ। यसबाहेक हार्दिकले ४ दिसम्बरमा गुजरातविरुद्ध खेल्ने सम्भावना पनि रहेको छ। आउँदो साल हुने टी२० वर्ल्ड कपलाई ध्यानमा राखेर भारतीय टीमको निम्ति हार्दिक फिट रहनु महत्त्वपूर्ण हुनेछ।









