नव जागरण च्यालेञ्ज ट्रफीः मगरजुंग एफसी र पोटोंग एफसी विजयी

२६ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा मगरजुंग एफसी-ले सिलगढ़ी बोइजलाई १-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा पोटोंग एफसी-ले समलबुंग (ऩेपाल)-लाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। आजको दुईवटा म्याचको साथै पहिलो राउण्डको खेलहरू समाप्त भयो। दोस्रो राउण्डको म्याचहरू १ अक्टोबरदेखि शुरु हुनेछ। त्यस दिन हुने पहिलो म्याचमा पंखाबारी एफसी र बुङकुलुंग एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच नयाँ कमान एफसी र मिलिकथोंग एफसी-बीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement