खरसाङ: खरसाङको गोर्खा जन पुस्तकालय भवनको प्रेक्षा गृहमा खरसाङ युनाइटेड क्रिशचियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न भयो। संस्थाका उपाध्यक्ष मुकुल तामाङको अध्यक्षतामा सम्पन्न सभाको आरम्भ पास्टर डा अजय छेत्रीको प्रारम्भिक प्रार्थना अनि बाईबलका वचनको पठनद्वारा आरम्भ गरियो। खरसाङ युनाईटेड क्रिशचियन माइनोरिटी वेलफेयर सोसाइटीको मूल सचिव दिपक लेप्चाले स्वागत भाषण राखेको सभामा संस्थाका सह सचिव सिलभेस्टर लेप्चाले विगत सभाको प्रतिवेदन पठन गरे। वर्ष २०२५ सालमा खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले ग्रुड फ्राई डेको अवसरमा रक्तदान शिविर आयोजना गरेको अनि सम्पूर्ण धार्मिक अल्पसङ्ख्यकहरूलाई बोलाएर सरकारद्वारा दिने वि-भिन्न योजनाहरूको जनचेतना कार्यक्रमको आयोजना गरेको संस्थाका प्रमुख सचिव दिपक लेप्चाले खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सभामा जानकारी गराए। भारतीय महिला फूटबल खेलाडीहरूका प्रशिक्षक क्रिस्पीन छेत्री लगायत खरसाङका वरिष्ठ फूटबल खेलाडीहरू दिनेश थापा, धर्मराज राणा अनि प्रकाश लामालाई उनीहरूले खेल जगतमा पुराएका अतुलनीय योगदानहरूलाई सम्मान गर्दे खरसाङ युनाईटेड क्रिश्चियन माइनोरिटीले खरसाङको सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयका १९८८ सालमा माध्यमिक उत्तीर्ण विद्यार्थीहरूको समुह फेन्ड्रस फर एभरसित संयुक्त रुपमा यी खेलाडीहरूलाई सम्मान दिएको कुरा आफ्नो वार्षिक प्रतिवेदनमा दिपक लेप्चाले उल्लेख गरे। खरसाङको सन्त जोसेफ उच्चतर माध्यमिक विद्यालय अनि सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयको नजिक निरन्तर वाहानद्वारा दुर्घटना हुँदा विधार्थीहरू लगायत आम मानिसहरूको सुरक्षाको निम्ति खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले राष्ट्रिय राजमार्ग ११० का पदाधिकारीगण, पीडब्लुडी अभियन्ता तपस मण्डल , खरसाङको भूतपूर्व महकुमा अधिकारी बिन्दबासिनी तेजा दिपक, खरसाङ चिम्नी देवराली २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा अनि खरसाङ ट्राफिक पुलिस अधिकारी विरेन छेत्रीलाई ज्ञापन पत्र चड़ाएर यी क्षेत्रहरूमा स्पिड़ ब्रेकर, जेब्रा क्रसिङ्ग, ट्राफिक नियन्त्रणका साइनबोर्डहरु जडान गरि दिने निवेदन गरे पश्चात यी क्षेत्रहरूमा प्रशासनले ट्राफिक सम्बन्धित सबै गरि दिएको जानकारी आफ्नो प्रतिवेदनमा सभामा दिए। माइनोरिटी सर्टिफिकेट, अनुसूचित जातिहरूलाई राज्य सरकारबाट प्रदान गरिने अन्य पछौटेवर्गका प्रमाण पत्रहरुको जानकारी लेप्चाले सभामा गराए। सन्त पौल क्याथोलिक समाजको आयोजनामा हालैमा सिमेट्री सम्बन्धी बसेको सभा र आगामी दिस्मबर महिनामा संयुक्त रुपमा क्रिशमस क्यारोल न्याली आयोजना गरिने विषय संस्थाका उपाध्यक्ष पास्टर तिरस राईले सभामा जानकारी गराए। सभाका अध्यक्ष मुकुल तामाङले सबै ईसाईहरू एकता भएर अधि बडने आव्हान आफ्नो सम्बोधनमा गरे। सिलभेस्टर लेप्चाले संन्चालन गरिएको वार्षिक सभामा सन्त व्रर्कमान्स चर्च सन्त मेरीज हिलका पल्ली पुरोहित फादर प्रदीप राई, डाक्टर पास्टर अजय छेत्री, प्रतिमा सेवा, रवि तोलङगी लगायत विभिन्न सदस्यहरूले आफ्नो सम्बोधन राखेका थिए।

सभामा खरसाङ लगायत वरिपरि क्षेत्रका गिर्जा घरहरूको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। फादर प्रदीप राईद्वारा धन्यवादको प्रार्थना अर्पण गरिएको आजको सभाको सन्चालन संस्थाका सह सचिव सिलभिस्टर लेप्चाले गरेका थिए। खरसाङ युनाईटेड क्रिशचियन माइनोरिटी वेलफेयर सोसाइटीका मुख्य सचिव दिपक लेप्चा द्वारा धन्यवाद अर्पण गरि सभाको अन्त गरिएको थियो।









