वार्ड नम्बर ८ मा अमरूद २.० पानीको परियोजना विषय लिएर सभा सम्पन्न

IMG-20251201-WA0107

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ८ मा अमरूद २.० पानीको परियोजना विषय लिएर सभा सम्पन्न गरियो। भागोप्रमो वार्ड नम्बर ८ को सभापति सुभाष राईको अध्यक्षतामा सम्पन्न सभामा पूर्व वार्ड पार्षद पेम्बा योन्जनले सञ्चालन गरेका थिए। जीटीए मुख्य कार्यपाल अनित थापाको परामर्श र दिशा निर्देश अनुसार प्रत्येक वार्डमा अमरूद २.० को पिउने पानीको परियोजनालाई नियमबध्द रूपमा परिचालन गर्न “पानी निर्माण समिति” गठन गर्न सभा सम्पन्न गरियो। सभामा वार्डभित्रका समाजका प्रतिनिधिगण अनि पार्टीको प्रतिनिधिहरू उपस्थित थिए।
सभालाई बिरबल पाख्रीन, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको‌ चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुभाष प्रधान, समिरदिप ब्लोन, सन्दिप बल अनि सामाजिक संस्थाहरूबाट अरबिन्द स्मृति सामाजि संस्था, नव सूर्योदय संघ, नारी संगठन, गुरूकूल समाज अनि विश्वकर्मा समाजका प्रतिनीहरूले आ आफ्नो सर सल्लाह अनि सुझाव साथै वक्तव्य राखेका थिए। सभामा टाउन कमिटीको सांगठनिक सचिव महेत्रसेन शर्मा, कार्यकारिणी सदस्यहरू बिकास तामङ, रमोद गुरुङ अनि रतन शेर्पा उपस्थित थिए। सभामा सर्वसम्मतिद्वारा वार्ड नम्बर ८ को सबै समाजहरू मिलेर पानी निर्माण समिति गठन गरिने उपस्थित सर्वसम्मतिद्वारा प्रस्ताव पारित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement