कालेबुङ: पञ्चायत चुनाव हुने लगभग आधिकारिक तय भएपछि अहिले दार्जिलिङ पहाडमा विभिन्न किसिमका अडकलबाजीहरू देखिन थालेको छ। विशेषगरी मैले यस विषयलाई आफू विधायक बनेपछि उठान गरेको थिएँ अनि यस्तै विगत २२ सेप्टेम्बरको दिन पञ्चायत चुनाव दार्जिलिङ पहाड अथवा जीटीए क्षेत्रमा हुने कुराको पक्कापक्की विधानसभामा भयो। तर अहिले कतिपय व्यक्ति-विशेषहरूले यसलाई लिएर भूल बुझिरहेका छन् तथा भूल भ्रान्तिमा परिरहेका छन्। गलत प्रचार गरिरहेका छन्।
खासकुरा के हो भने विगत २२ सेप्टेम्बरको दिन विधानसभामा पारित भएको पञ्चायत चुनावलाई लिएर अलगअलग मन्तव्यहरू देखा परेपछि म यसबारे स्पष्ट पार्न चहान्छु। जुन प्रकार भूल बुझाबुझ तथा मानिसहरूले जानेर पनि श्रेय लिन्छ भन्ने डरले गलत प्रचार गरिरहेका छन् तर २००३को पञ्चायत व्यवस्था नियम अनुसार एउटा सदस्यको निम्ति कम्तीमा २५० मतदाताहरू हुनुपर्ने तर बेसीमा ५०० मतदाताहरू हुनुपर्ने नियम थियो। तर यसपालि एमेन्डमेन्ट अनुसार एउटा सदस्यको निम्ति कम्तीमा २५० मतदाता अनि बेसीमा ७०० मतदाताहरू हुनुपर्ने छ अर्थात् पहिलेको तुलनामा २०० जना अधिक मतदाताहरू हुनसक्ने नियम छ। यश विषयमा माननीय सांसद महोदय तथा अन्य धेरैले भूल बुझिरहेको तथा मानिसहरूलाई गलत प्रचार गरिरहेका छन्। यसरी वास्तविकता नबुझी कुरा उठान गर्नुले मानिसहरूमा गलत सन्देश जान्छ।
तपाईंहरूले कालेबुङका खण्ड विकास कार्यलयहरूमा पुगेर यसबारे बुझ्न सक्नु हुनेछ कि हरेक ग्राम पञ्चायतहरूमा विगत २००० सालमा भएको भोटको तुलनामा यसपालि लगभग ३० प्रतिशत सदस्य सङ्ख्याहरू बढिसकेको छ । एकदुई ग्राम पञ्चायतहरूमा केही कम्ती भए तापनि एभरेजमा ३० प्रतिशत सदस्य सङ्ख्या बढिसकेको छ। सोह प्रकारले पञ्चायत समितिबारे पनि भोलिको अपडेटमा स्पष्ट पारिने छ।
रुदेन सादा लेप्चा, विधायक, कालेबुङ