घर उन्नयनका प्रथम चरणको चेक प्रदान

गेजिङ: याङथाङ निर्वाचन क्षेत्र अन्तर्गत दराप-नम्बु जीपीयूका ९० लाभार्थीलाई आज घर उन्नयनका लागि प्रथम चरणको चेक वितरण गरियो। क्षेत्र विधायक तथा मन्त्री भीमहाङ लिम्बूको बाहुलीद्वारा लाभार्थीहरूलाई २०-२० हजार रूपियॉंको चेक प्रदान गरियो।यस अवसरमा गेजिङका खण्ड विकास अधिकारी विजय सुब्बा, पञ्चायत सभापति, सदस्यहरू र जनसाधारण उपस्थित थिए।मन्त्री लिम्बूले वर्तमान सरकारको नीति अन्तर्गत लाभार्थीहरूलाई यसरी चेक वितरण गर्ने कार्यक्रम गरिएको बताए। उनले आगामी दिनहरूमा पनि खॉंचोमा रहेका व्यक्तिहरूलाई यसरी सुविधाहरू वितरण गरिने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement