गान्तोक: राजधानी गान्तोकको एक होटलमा एक विशेष कार्यक्रमबीच लायन्स क्लब इन्टरनेशनल ३२२ एफ़ अन्तर्गत रहेको लायन्स क्लब अफ गान्तोक हिल्सको वर्ष २०२२ -२३ को निम्ति चयनित कार्यकारिणी समिति र सदस्यहरुको शपथग्रहण सम्पन्न भयो। यसअन्तर्गत एक नया क्लब लायन क्लब अफ गान्तोक ग्रीनको पनि आधिकारिक रूपमा आजदेखि खोलिएको घोषणा गरियो| क्लबका भाइस डिस्ट्रिक्ट गवर्नर लायन सुरेश सिंघल, जीएम्टी कोअर्डिनेटर लायन नरेश पेडिवाल, हिल्सका डिस्ट्रिक्ट चेयरमैन लायन पुरुसोत्तम अग्रवाल, रीजन चेयरमेन लायन नीरज धानोठिया, जोन चेयरमेन लायन संजय अग्रवाल र डिस्ट्रिक्ट चेयरमेन लायन सत्यनारायण बन्सलको विशेष उपस्थिथिबिच लायन्स क्लब एजी गान्तोक हिल्सद्वारा प्रायोजित लायन अनिमा सारदाको नेत्रित्वमा गान्तोक ग्रीनको गठन साथै शपथग्रहण गराइयो| नयाँ गठित क्लबमा समितिमा लायन मृदुला अग्रवाल र लायन सुबास डागालाईआइ उपसभापति, पबित्र भट्टराईलाइ सचिव, सरिता सरावगीलाई कोषाध्यक्षसहित राजीव मिश्र, माधुरी छेत्री र सुनीता सिरोहिया. पिन्त्सो छोपेल र डीके सिंहलाई निर्देशकको पदभार सुम्पिएको छ| यसरी नै क्लब अफ गांतोक हिल्सको पनि वर्ष २०२२ -२०२३ को लागी चयनित नया समिति संजय अग्रवालको नेत्रित्वमा गठित गरियो भने उक्त समितिका सदस्य हरुलाई शपथ पाठ गराइयो| समितिमा उपसभापति सुशिल गोयल,सचिव संजय अग्रवाल, कोषाध्यक्ष रमेश शर्मा, एडमिनिसट्रेटर सज्जन अग्रवालसहित निर्देशकमा प्रमोद अग्रवाल, आकाश अग्रवाल, पवन मित्तल र प्रदीप अग्रवाललाई शपथ पाठ गराइयो| यस अवसरमा नयाँ सदस्यहरुलाई पनि परिचय गराउँदै सिक्किममा रहेको अन्य क्लबहरु रम्फू, सिंगताम, रानीपुल र गान्तोक हिल्ससंग मिलेर संयुक्त रूपमा समाज सेवाका विभिन्न प्रकल्पहरु सुरु गर्नेबारे चर्चा भयो| शपथग्रहणमा क्लब अफ रानीपुलका सदस्यहरुको पनि विशेष रूपमा उपस्थिति थियो|