नामसुङ महोत्सव २०२५– डिसेम्बरमा नामप्रिकदाङमा आयोजना हुने

IMG-20240717-WA0003

नामप्रिकदाङ: आगामी डिसेम्बर २०२५ मा नामप्रिकदाङमा नामसुङ महोत्सव आयोजना गर्न मन्त्री तथा क्षेत्रीय विधायक पिन्चो नामग्याल लेप्चाको अध्यक्षतामा आज समन्वय बैठक आयोजना गरियो।
बैठकमा मङ्गनका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री, जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू, विभागीय प्रमुखहरू, नामसुङ समारोह समितिका अध्यक्ष निजिङ लेप्चा लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए।
एसडीएम गिडोन लेप्चाले गत २८ अक्टोबरमा आयोजित प्रारम्भिक बैठकमा उठाइएका विषयहरूलाई प्रस्तुत गर्दै, महोत्सव २७–३१ डिसेम्बर २०२५ मा आयोजना गर्ने निर्णय भएको जानकारी दिए।
महोत्सव अन्तर्गत परम्परागत कार्यक्रमका साथै रक क्लाइम्बिङ, जीपलाइन, स्थानीय भ्रमण प्याकेज र लाइभ स्टल्स पनि समावेश गरिने निर्णय भएको छ। पर्यटकहरूका लागि महोत्सव सहज पहुँचयोग्य बनाउन र जनसाधारणको सुविधालाई ध्यानमा राख्दै कार्यक्रम स्थल र मार्गको मरम्मत सम्भार गर्ने विषय पनि छलफल भयो।
मन्त्री लेप्चाले अधिकारीहरू र समारोह समितिका सदस्यहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै महोत्सवलाई स्मरणीय बनाउन सबैलाई आह्वान गरे। उनले २०२३ को विनाशकारी बाढीपछि नामप्रिकदाङको पुनर्स्थापनाका प्रयासहरूको जानकारी पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement