शब्द समयको १४८औँ प्रकरण सम्पन्न

IMG-20251129-WA0120

सालबारी: शब्द समय सालबारीको १४८औँ प्रकरण शनिवार जयशोदा भवन, सालबारीमा सुसम्पन्न भयो। कार्यक्रमको शुभारम्भ वरिष्ठ कवि मोहन ठकुरीको वक्तव्य र कवितापाठद्वारा भयो। डा. सञ्जय बान्तवा, डा. हेमन्त काफ्ले, ज्ञानेन्द्र खतिवडाले आ-आफ्नो सारगर्भित वक्तव्य राखे। रचना पाठको क्रममा टंक शर्मा, निर्मल सिञ्चुरी, क. महेशकुमार सुब्बा, लीलबहादुर सोनार, पूर्ण मंगर, मोनिका प्रधान, नीरा सुब्बा नेचाली, कविता भट्टराई अधिकारी, रोमा छेत्री, कृष्ण प्रधान ‘अर्पण’, भाष्कर मैनाली शर्मा, नरबहादुर छेत्रीले कविता पाठ गरेर सुनाए भने लभकुमार भुजेलले कविता पाठका साथै एउटा मिठो गीत पनि सुनाए। फेरि रमेश गुरुङले दुईवटा गीत गाएर उपस्थित स्रष्टाहरूलाई मोहित पारेका थिए। यसै क्रममा समीर शर्माले गजल पाठ गरेर सुनाए भने मणिकुमार प्रधान, सुभाष छेत्री र जीत सुनारले लघु कथा सुनाए।
अन्त्यमा, कवि ज्ञानेन्द्र खतिवडाले समापन वक्तव्य राखेर धन्यवाद ज्ञापन गर्दै सभा समाप्तिको घोषणा गरे। यसरी शब्द समयको १४८औँ प्रकरण सुचारु रूपले सम्पन्न भएको जानकारी शब्द समय सालबारीको‌ संयोजक जीत सुनारले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement