महिला प्रीमियर लीगको आउँदो सीजनको सम्पूर्ण कार्यक्रम जारी

IMG-20251129-WA0072

मुम्बई: महिला प्रीमियर लीग (डब्ल्यूपीएल) २०२६-को शुरुवात ९ जनवरीदेखि हुनेछ अनि पहिलो म्याच मुम्बई इण्डियन्स र रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-बीच नवी मुम्बईको डा. डीवाई पाटिल स्टेडियममा खेलिनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले शनिवार डब्ल्यूपीएलको सम्पूर्ण कार्यक्रम जारी गऱ्यो। यसअघि २७ नोभेम्बरमा दिल्लीमा भएको महिला प्रीमियर लीगको मेगा अक्शनको अवधि लीग चेयरम्यान जयेश जर्जले टुर्नामेण्टको तारिख र स्थानहरूको जानकारी दिएका थिए। डब्ल्यूपीएलको पहिलो चरण ९ जनवरीदेखि १७ जनवरीसम्म नवी मुम्बईमा खेलिनेछ। यसरी दोस्रो चरण १९ जनवरीदेखि ५ फरवरीसम्म बडोदरामा हुनेछ। फाइनल म्याच पनि त्यहीँ खेलिनेछ। लीग चरणमा जम्मा २० वटा म्याच खेलिनेछ। त्यसपछि ३ फरवरीदेखि एलिमिनेटर र २ दिनपछि अर्थात ५ फरवरीमा फाइनल खेलिनेछ। पूरा कार्यक्रममा केवल २ वटा डबल हेडर म्याच खेलिनेछ। महिला प्रीमियर लीग २०२६-को निम्ति लिलामीमा जम्मा २७७ जना खेलाड़ी उपलब्ध थिए, जसमा १९४ जना भारतीय र ८३ जना विदेशी खेलाड़ी सामेल थिए। यसमा केवल ६७ जना खेलाड़ीलाई टीमहरूले खरीद गऱ्यो अनि यसमा २३ जना विदेशी खेलाड़ी थिए। फ्रेञ्चाइजीहरूले खेलाड़ीहरूमाथि जम्मा ४०.८ करोड रुपियाँ खर्च गऱ्यो। मुम्बई इण्डियन्सले २०२३-मा भएको पहिलो सीजनमा खिताब जितेको थियो। त्यसपछि २०२४-मा आरसीबी च्याम्पियन भएको थियो। गत सीजनमा मुम्बई इण्डियन्स फेरि च्याम्पियन भएको थियो। डब्ल्यूपीएल अंक तालिकाको शीर्ष स्थानमा रहने टीमले सीधै फाइनलमा स्थान बनाउनेछ। यसरी दोस्रो र तेस्रो स्थानमा रहने टीमबीच एलिमिनेटर म्याच खेलिनेछ। टुर्नामेण्टको अवधि म्याचहरू दिउँसो ३ः३० बजेदेखि अनि राति ७ः३० बजेदेखि शुरु हुनेछ। टुर्नामेण्टमा जम्मा पाँचवटा टीमले चुनौती पेश गर्नेछ, जसमा मुम्बई इण्डियन्स, आरसीबी, यूपी वरियर्स, गुजरात जाइण्ट्स र दिल्ली क्यापिटल्स सामेल छन्। डब्ल्यूपीएल समाप्त भएको १० दिनपछि भारतीय महिला टीम अष्ट्रेलिया यात्रामा जानेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement