मजुवा गाउँमा निर्माण गरिएको सार्वजनिक भवनलाई लिएर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको आरोपलाई स्थानीय जनप्रतिनिधिहरु र समाजद्वारा खण्डन

IMG-20251128-WA0094

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत मजुवा गाउँमा निर्माण गरिएको सार्वजनिक भवनलाई लिएर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको आरोपलाई स्थानीय जनप्रतिनिधिहरु र गाउँ समाजद्वारा खण्डन साथै विरोध गरिएको छ। मजुवामा निर्माण गरिएको सार्वजनिक भवन विषयमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट खेल मैदान बनिन्दै‌ गरेको बेला त्यहीमाथि कसरी सार्वजनिक भवन निर्माण गरियो भन्दै भ्रष्टाचारको आरोप लगाएका थिए। उक्त आरोपलाई‌ गाउँवासीकाे पक्षमा पञ्चायत समिति सदस्य दिनेश तामाङ, ग्राम सुधार समिति समाजको सभापति महेन्द्र थापा, सदस्य रन्जित लामा, इन्द्रराज थापा, समष्टि प्रतिनिधि अनिल राई र अन्यले खण्डन गरेका छन्। मिडियालाई सम्बोधन गर्दै सबैले भने, मजुवा क्षेत्र एकदमै दुर्गम क्षेत्र रहेको र अहिलेसम्म एउटा पनि सार्वजनिक भवन नभएर गाउँवासीहरुले शुभ,अशुभ कार्य साथै अन्य कार्यक्रम गर्दा धेरै असुविधा रहेकोले धेरै वर्षदेखि काे माग कसैले पूरा नगरिएको र वर्तमानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा साथै क्षेत्रीय सभासद श्याम शेर्पाले भवन निर्माण गरिदिएकोमा गाउँवासीले दुवैप्रिप्रति सदैव आभारी रहेको बताएका छन्‌। यसको साथै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका केही सदस्यहरु कसैलाई केही जानकारी नगराई आएर भिडियो बनाएर विभिन्न लाञ्छाना लगाएकोमा विरोध गर्दै बताए अनुसार सबैकाे सरसल्लाह अनुसार सबै जमीनदाताहरुले सार्वजनिक भवनको निम्ति जमीन दान गरेकाे बताएका छन्। त्यसरी नै जमीन जंगल रहेको सानो पहाड नै रहेको र सार्वजनिक भवनको रकम 28 लाखले ल्याण्ड डेभलपमेन्ट गरे हल अधुरो रहनेले गर्दा पहिलो चरणको योजनामा अन्य योजनाबाट जमीनलाई जेसीभी लगाएर कटाई लेबलमा ल्याएको हाे र मुनि झोढातिर अनि माथितिर देवाल लगाउने कार्य गरेर मैदान तयार पारेको हाे। दोस्रो चरणमा सबैकाे सरसल्लाहमा सार्वजनिक भवन बनाएको हाे अनि यसको साथै जिल्ला परिषदकाे योजनामा शौचालय निर्माण गरिएको भनी बताइएको छ। धेरै वर्षपछि मजुवा बस्तीमा ठूलो सार्वजनिक भवन निर्माण भएकोसम्पूर्ण गाउँवासी सबै खुशी भएको बेला बाहिरबाट मान्छेहरु आएर केही कसैलाई सोधखोज नगरी भ्रष्टाचार भयो भन्नु सस्तो राजनीति रहेको र रिस र आरिसकाे राजनीति गरेको बताए। केही जानकारी चाहिकोकाे भए समाजमा आएर सोधे जानकारी पाउने थियो तर वहाँहरुकाे सस्तो राजनीतिले शान्तिमय रहेको मजुवा क्षेत्रमा अशान्ति महल सृजना गर्ने चेष्टा गरेको बताएका छन्। आगामी दिनमा उक्त सार्वजनिक भवन वरिपरि सोलर लाईट र पानीकाे कनेक्शन लगााउदा पनि जीओ टयाग हुने बताए।
क्षेत्रीय सभासद श्याम शेर्पा र जिटिए प्रमुख अनित थापाकाे सहयोगमा क्षेत्रमा बाटो, पानी, सार्वजनिक भवन, सोलर लाईट साथै मजुवा बस्तीकाे खेल मैदानलाई पनि समितिद्वारा फेनसिङ्ग गरेर मैदान जाने बाटो बनाई दिईएकाे अन्य क्षेत्रमा काम गरिदिएकोमा सम्पूर्ण गाउँवासीहरुले आभार प्रक्ट गरेको छ भने बाहिरकाे मान्छेहरु आएर शान्तिपूर्ण रहेको गाउँमा अशान्ति र भ्रम नफलाई दिने भनी सबैले‌आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement