डब्ल्यूपीएलको लिलामीमा दीप्तिको निम्ति ३.२ करोड़को रेकर्ड बोली, एमेलिया केरलाई ३ करोड़

IMG-20251127-WA0113

नयाँ दिल्ली: भारतीय अलराउण्डर दीप्ति शर्माले महिला प्रीमियर लीग (डब्ल्यूपीएल) २०२६-को निम्ति भएको मेगा लिलामीमा मोटो अनुबन्ध हासिल गरिन्। हालै आईसीसी वनडे वर्ल्ड कपमा उत्कृष्ट प्रदर्शनले गर्दा फ्रेञ्चाइजीद्वारा रलीज भएपछि पनि उनको मागलाई अलग उँचाईमा पुऱ्याएको छ। लिलामीमा बोली शुरु हुनको साथै उनले चाँड़ैय ३ करोड़ रुपियाँको आँकड़ा स्पर्श गरिन्। अन्तमा यूपी वरियर्सले आफ्नो राइट टू म्याच (आरटीएम) कार्ड प्रयोग गरी उनलाई ३.२ करोड़ रुपियाँमा फेरि आफ्नो टीममा सामेल गर्यो। यसरी दीप्ति डब्ल्यूपीएल लिलामीमा बिक्ने दोस्रो सबैभन्दा महँगो खेलाड़ी बनेकी छन्। स्मृति मन्धना ३.४ करोड़को बोलीको साथ शीर्ष स्थानमा रहेकी छन्। लिलामीमा दिल्ली क्यापिटल्सले दीप्तिको निम्ति ५० लाख रुपियाँको आधार मूल्यमा बोली खोलेको थियो तर दिल्ली क्यापिटल्सले ३.२ करोड़को बोली लगाउँदा यूपी वरियर्स यस स्टार अलराउण्डरलाई हासिल गर्न आरटीएम कार्ड प्रयोग गर्नु वाध्य भयो, जसलाई टीमले लिलामी अघि रिलीज गरेको थियो। दीप्ति ३.२ करोड़ रुपियाँको अनुबन्धको साथ एश्ले गार्डनरको बराबरीमा पुगेकी छन्। अनुभवी पेस बलिंग अलराउण्डर शिखा पाण्डेले पनि आफ्नो आधार मूल्यभन्दा ६ गुणा अधिकको बोली हासिल गरिन्। लिलामीमा शिखाको आधार मूल्य ४० लाख रुपियाँ रहेको थियो तर यूपी वरियर्सले उनलाई २.४० करोड़ रुपियाँको बोली लगाएर हासिल गऱ्यो। विश्व कप विजेता भारतीय टोलीको हिस्सा रहने स्पिनर श्री चरणले पनि ३० लाख रुपियाँको आधार मूल्यबाट शुरु गरेर १.३ करोड़ रुपियाँको बोली हासिल गरिन्। उनलाई दिल्ली क्यापिटल्सले आफ्नो टीममा सामेल गऱ्यो। विदेशी खेलाड़ीहरूमा एमेलिया केरलाई ३ करोड़ रुपियाँमा मुम्बई इण्डियन्सले हासिल गयो।

About Author

Advertisement