पानीटंकी: आज खोरिबारी थाना अन्तर्गत दुलालजोत, दूधगेटस्थित दुग्धेश्वर शिवालय मन्दिर, पानीट्याङ्कीको प्रांगणमा माथा टेक्ने साथै, दिव्य तथा पावन संगीतमय श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा भाग लिए।
उक्त महायज्ञमा लक्ष्य-सिद्धिको निम्ति संगीतमय कथावाचन अन्तर्राष्ट्रीय ख्यातिप्राप्त कथा वाचिका भागवत मन्जरी राधिका दासीले मधुर वचन, गहन आध्यात्म अनि भव्य संगीतमय कथा वाचनद्वारा हामी सबैको जीवनमा एउटा नयाँ चेतनाको संचार प्रवाह गरिन्।
आयोजित धार्मिक अनुष्ठानहरूमा छर-छिमेक अनि सम्पूर्ण समाजमा आध्यात्मिक तथा सौहार्दपूर्ण वातावरण सिर्जना गरेको छ।
हाम्रो समाज अनि संस्कृतिमा धार्मिक आस्थाद्वारा पोषित सहिष्णुता, नैतिक चरित्र, सद्भाव अनि सौहार्दताको विशेष स्थान छ, यसप्रकारका अनुष्ठानहरूले हाम्रो समाजलाई, विशेषगरि युवा पुस्तालाई हाम्रा धार्मिक-सांस्कृतिक विरासत र वर्तमान समयमा यसको प्रासङ्गिकतालाई निरन्तरता दिन मददत पुग्ने सांसद बिष्टले बताए।
आयोजक दुलालजोत दुग्धेश्वर शिवालय मन्दिर महायज्ञ पुराण समितिका सबै सदस्यहरूको सक्रियताले हाम्रो धार्मिक-सांस्कृतिक धरोहरलाई अक्षुण्ण राख्दै आजको पिँढ़ीलाई मार्गदर्शन गर्नमा संलग्न सबै सम्मानित व्यक्तिहरूको भूमिका प्रति सांसदl बिष्टले आभार ब्यक्त गरे!









