आईभी बहुउद्देश्यीय सहकारी संस्थाले शुरु गरेको मह उत्पादन इकाईको ऐतिहासिक सम्झौता

IMG-20251127-WA0104

खरसाङ: दार्जिलिङ पहाडी क्षेत्रमा आईभी बहुउद्देश्यीय सहकारी संस्थाले मह उत्पादन इकाई शुरु गरेको छ। डिसीडीसीबीले पहाडका किसानहरुसँग कच्चा मह संकलन गरी यसलाई सहयोग गर्दै आएको थियो। दुई महिनाको प्रयासपछि आईभी र दुई अन्य मह उत्पादक प्राथमिक कृषि सहकारी संस्थाहरु– मिनरल स्प्रिङ पिएससी र घैयाबारी अञ्चल पिएससीबीच सम्झौता भएको छ। यो सम्झौता कोलकाताबाट आएका राज्य नोडल अधिकारी र पीएमयु सेलका प्रतिनिधिहरुको उपस्थितिमा भएको हो। कार्यक्रम डिसीडीसीबीका अध्यक्ष केशव राज पोख्रेलको अध्यक्षतामा सम्पन्न भयो। आजै पीएससीहरुले शुरुवाती संकेतको रुपमा आईभीलाई लगभग ४० लिटर मह हस्तान्तरण गरेका छन्। यस वर्षको लक्ष्य १००० लिटर मह उपलब्ध गराउने रहेको छ।


आईभी बहुउद्देश्यीय सहकारी संस्थाले पहिल्यै नै दुबई जस्ता विदेशी बजारमा मह बिक्रीको अनुमति प्राप्त गरेको छ। यो पहल किसानहरुको सशक्तिकरण र स्थानीय युवाहरुलाई घरमै रोजगारी सिर्जना गर्ने ऐतिहासिक कदम हो। भविष्यमा थप पहलहरु अगाडि बढ्ने योजना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement