सोनादा: विभिन्न समष्टिहरुमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको विस्तार चल्दै आईरहेको छ। यसै क्रममा ईण्डियन गोर्खा धोतरिया रंगबुल समष्टि गठन भएको छ। रंगबुल धोतरिया कलेज भ्याली सार्वजनिक भवनमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सभा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य तथा श्रमिक नेता डीके गुरूङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवासको विशेष उपस्थिति रहेको थियो। धोतरिया रंगबुल समष्टिको क्षेत्र अति नै ठूलो भएको कारणले गर्दा पार्टीगत कार्यलाई ध्यानमा राख्दै सबैको सरसल्ला अनुरूप रंगबुल धोतरिया समष्टि गठन गरिएको हो भन्ने पार्टी केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवासले सभालाई जानकारी गराए। सभामा धेरै लामो चर्चा परिचर्चापछि धोतरिया रंगबुल समष्टि अध्यक्ष रंगबुल धोतरिया कलेज भ्याली निवासी वाङचुक तामाङलाई सर्वसम्मतिको साथ चयन गरियो। त्यसरी नै उपाध्यक्ष को रुपमा निर्मल प्रधानलाई चयन गरियो। समष्टि सचिव अनिल राई, सहसचिव विजय तामाङ, कोषाध्यक्ष जगत राई लगायत १५ जनाको कमिटी गठन गरिएको छ।










