कालचिनी- कालचिनी मोदई लाईनमा गत शनिबार भएको भयावह आगलागीमा सर्वस्व गुमाएको १७ परिवारलाई हाल कालचिनी स्थित सावित्री धर्मशालामा आश्रय दिएर राखिएका छन् भने ती अग्नि पीड़ित परिवारलाई विभिन्न संघ संस्थानले विभिन्न प्रकारको सहयोग पुर्याउँदै आईरहेको क्रममा आज भोजपुरी युवा मञ्च जयगाउँ शाखाद्वारा पनि कपड़ा वितरण गरिएको थियो|
भोजपुरी युवा मञ्च जयगाउँ शाखाको सभापति सुबोध प्रसादले बताए अनुसार आज अग्नि पीड़ित परिवारलाई भेट्न कालचिनी पुगेर त्यहॉंका अग्नि पीड़ित परिवारलाई साड़ी र अन्य लता कपड़ा वितरण गरिएको र आगामी दिनमा जेजस्तो मदत सकिन्छ गरिने जनाएका छन्| आज यसै क्रममा उत्तर लोथाबारी ग्रामीण अस्पतालका डा. आकास कुमारले आफ्नो पक्षबाट खाद्य सामग्री प्रदान गरेको थियो| जुन क्षति पीड़ित परिवारहरुले बेहोर्न परेको छ त्यसको आपूर्ति गर्न कसैले नसकेता पनि यतिखेर मानवताको नातामा सबैले मदत गर्न अघि आउन पर्ने डा.आकास कुमारले जनाएका छन्|









