लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा आर्सनलले आफ्नो विजयाभियान जारी राख्यो जबकि पेरिस सेण्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिडले पनि जीतको लय हासिल गऱ्यो। यसबीच लिभरपूल र इण्टर मिलानले चाहिँ हारको सामना गर्नु पऱ्यो। बुधवार राति खेलिएको म्याचमा आर्सनलले जर्मनीको क्लब बायर्न म्यूनिखलाई ३-१-ले पराजित गऱ्यो। दुई शक्तिशाली टीमबीच खेलिएको यस म्याचमा आर्सनललाई दोस्रो हाफको २ गोलले जीत दिलायो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियमममा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट जूरिएन टिम्बरले २२औं, नोनी मादुएकेले ६९औं र गेब्रिएल मार्टिनेल्लीले ७७औं मिनटमा गोल गरे। यसरी बायर्नको निम्ति लेनार्ट कार्लले ३२औं मिनटमा गोल गरे। यो बायर्नको प्रतियोगिताको जारी सीजनमा पहिलो हार हो। यस जीतको साथ आर्सनल ५ वटा म्याचमा १५ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। यसरी बायर्न १२ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ। यसरी गत सीजनको च्याम्पियन पीएसजी-ले टोटनह्यामविरुद्ध ५-३-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सीसी क्लबबाट वितिन्हाले ह्याट्रिक गरे। उनले ४५औं, ५३औं र ७६औं मिनटमा गोल गरे। यसबाहेक फेबियन रुइजले ५९औं र विलियन पाचोले ६५औं मिनटमा गोल गरे। टोटनह्यामको निम्ति राण्डाल कोलो मुआनीले ५०औं र ७२औं मिनटमा २ गोल गरे। यसरी रिचार्लिसनले ३५औं मिनटमा गोल गरे। म्याचको अन्तिम क्षणमा पीएसजीका खेलाड़ी लुकास हर्नाण्डेजलाई रेड कार्ड देखाइयो। यस जीतको साथ पीएसजी १२ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो। टोटनह्याम ८ पोइण्ट्सको साथ १६औं स्थानमा रहेको छ।
प्रीमियर लीग क्लब लिभरपूलले चाहिँ पीएसजीविरुद्ध १-४-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा नीदरल्याण्डको क्लबबाट कौहेब ड्रिओचले २ गोल गरे। यसरी इभान पेरिसिच र गुस टिलले १-१ गोल गरे। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५८ प्रतिशत पोजेशनको साथ खेलेर पनि हार्ने लिभरपूलबाट डोमिनिक सोबोस्लाइले १६औं मिनटमा गोल गरे। यस हारपछि लिभरपूल ९ पोइण्ट्सको साथ १३औं स्थानमा रह्यो जबकि १५औं स्थानमा रहने पीएसभी आइण्डहोवेनसँग ८ पोइण्ट्स रहेको छ। यसरी रियल म्याड्रिडले ओलम्पियाकोसविरुद्ध ४-३-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट कीलियन एम्बाप्पेले ४ गोल गरे। उनले म्याचको २२औं, २४औं, २९औं र ६०औं मिनटमा गोल गरे। यसरी ग्रीसको क्लबबाट चिक्विन्होले आठौं, मेहदी तारेमीले ५२औं र अयौब एल काबीले ८१औं मिनटमा गोल गरे। यस जीतपछि रियल म्याड्रिड १२ पोइण्ट्सको साथ गोल अन्तरको हिसाबले पाँचौं स्थानमा पुग्यो। रियलको साथमा स्पेनको अन्य एउटा क्लब एट्लेटिको म्याड्रिडले इण्टर मिलानलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमको निम्ति जूलियन अल्वारेज र जोसे मारिया गिमिनेजले गोल गरे। यसरी इटलीको टीमबाट पिओत्र जिलिन्स्कीले गोल गरे। इण्टर मिलान १२ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ जबकि ९ पोइण्ट्स लिएर एट्लेटिको म्याड्रिड १२औं स्थानमा रहेको छ। च्याम्पियन्स लीगका अन्य म्याचहरूमा अटलाण्टाले एण्ट्रेच फ्रांकफर्टलाई ३-०-ले अनि स्पोर्टिंग लिस्बनले क्लब ब्रूगेलाई ३-०-ले पराजित गऱ्यो।










