कमनवेल्थ गेम्स २०३०-को निम्ति तयार अहमदाबाद

IMG-20251126-WA0140

नयाँ दिल्ली: भारतलाई २०३० कमनवेल्थ गेम्सको आयोजन अधिकार आधिकारिक रूपमा हासिल भयो। गुजरातको राजधानी अहमदाबादमा यी खेलहरूको आयोजन हुनेछ। ग्लास्गोमा भएको राष्ट्रमण्डल खेल आमसभाको बैठकमा भारतलाई २०३० कमनवेल्थ गेम्सको आयोजन आधिकारिक रूपमा हासिल भयो। यसरी भारतमा २०१० पछि पहिलोपल्ट यी खेलहरूको आयोजन हुन गइरहेको छ। २०१०-मा नयाँ दिल्लीमा कमनवेल्थ गेम्सको आयोजन गरिएको थियो। कमनवेल्थ स्पोर्ट्सका अध्यक्ष डाक्टर डोनाल्ड रुकारेले भारतले कमनवेल्थ गेम्समा मानदण्ड, युवा, महत्त्वकांक्षा, समृद्ध संस्कृति र प्रासंगिकता ल्याएको बताउँदै यो कमनवेल्थ गेम्सको निम्ति एउटा नयाँ युगको शुरुवात हो भन्ने दावी गरे। गत महिना कमनवेल्थ गेम्स कार्यकारी बोर्डले अहमदाबादमा यी खेलहरूको आयोजनको सिफारिश गरेको थियो। बुधवार ग्लास्गोमा भएको आमसभामा यसलाई आधिकारिक मञ्जुरी प्राप्त भयो। अहमदाबादको साथमा नाइजेरियाको अबुजा पनि आयोजन हासिल गर्ने रेसमा सामेल थियो। कमनवेल्थ गेम्सको २०३०-मा १०० साल पनि पूरा हुनेछ। यसैकारण भारतको निम्ति यी खेलहरूको आयोजन गर्नु ठूलो उपलब्धि हुनेछ। भारतीय ओलम्पिक संघ (आईओए) की अध्यक्ष पीटी उषाले आयोजन हासिल भएकोमा खुशी व्यक्त गरेकी छन्। पहिलो कमनवेल्थ गेम्सको आयोजन १९३०-मा न्यूजील्याण्डको हेमिल्टनमा भएको थियो।

About Author

Advertisement