टी२० वर्ल्ड कपको कार्यक्रम जारी, भारत-पाक महासंग्राम १५ फरवरीमा

IMG-20251125-WA0141

मुम्बई: आईसीसी टी२० वर्ल्ड कप २०२६-को कार्यक्रम मंगलवार घोषणा गरियो। भारत र श्रीलंकाको संयुक्त आयोजनमा हुने यस वैश्विक टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। भारतले २०२४-मा भएको गत संस्करणमा रोहित शर्माको कप्तानीमा ट्रफी जितेको थियो। यो यस टुर्नामेण्टको दशौं संस्करण हुनेछ। टी२० वर्ल्ड कप ७ फरवरीदेखि शुरु हुनेछ। टी२० वर्ल्ड कपको कार्यक्रम आईसीसी अध्यक्ष जय शाह, भारतीय महिला टीमकी कप्तान हरमनप्रीत कौर, पूर्व भारतीय कप्तान रोहित शर्मा, वर्तमान भारतीय कप्तान सूर्यकुमार यादव, भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष मिथुन मन्हास, सचिव देवजीत सैकिया र उपाध्यक्ष राजीव शुक्ला जस्ता दिग्गजहरूका उपस्थितिमा जारी गरियो। टुर्नामेण्टका म्याचहरू भारत र श्रीलंकाका ८ वटा स्थलमा आयोजन गरिनेछ। भारतमा दिल्ली, मुम्बई, चेन्नई, कलकत्ता र अहमदाबादमा म्याचहरू खेलिनेछ। यसरी श्रीलंकामा कोलम्बो र केण्डीमा म्याचहरू हुनेछ। गत संस्करण झैँ यसपाली पनि टी२० वर्ल्ड कपमा २० वटा टीमले हिस्सा लिनेछ। यी टीमहरूलाई चारवटा ग्रुपमा बाँड़िएको छ। यसरी प्रत्येक ग्रुपमा ५ वटा टीम रहेको छ। ग्रुप चरणपछि सुपर ८ चरण हुनेछ। प्रत्येक ग्रुपबाट शीर्ष २ वटा टीमले सुपर ८-मा स्थान बनाउनेछ। सुपर ८-मा टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ, जसमा प्रत्येक ग्रुपमा ४ वटा टीम हुनेछ। दुवै ग्रुपबाट शीर्ष दुईवटा टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। त्यसपछि दुईवटा टीमबीच फाइनल हुनेछ। ग्रुप ए-मा भारत र पाकिस्तानबाहेक अमेरिका, नामीबिया र नीदरल्याण्ड रहेको छ। ग्रुप बी-मा अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाब्वे र ओमान छ। यसरी ईंग्ल्याण्ड, वेष्ट इण्डिज, बंग्लादेश, नेपाल र इटली ग्रुप सी-मा रहेको छ। ग्रुप डी-मा न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानाडा र यूएई रहेको छ। भारतको पहिलो म्याच अमेरिकाविरुद्ध ७ फरवरीमा रहेको छ। भारत र पाकिस्तानबीच म्याच १५ फरवरीमा कोलम्बोमा खेलिनेछ। भारतले ग्रुप चरणमा आफ्नो अन्तिम म्याच अहमदाबादमा १८ फरवरीमा खेल्नेछ। आईसीसी टी२० वर्ल्ड कप २०२६-को शुरुवात ७ फरवरीमा पाकिस्तान र नीदरल्याण्ड्सबीच कोलम्बोमा खेलिने म्याचको साथ हुनेछ। ग्रुप चरणको अन्तिम म्याच २० फरवरीमा अष्ट्रेलिया र ओमानबीच खेलिनेछ। सुपर ८ चरण २१ फरवरीमा शुरु हुनेछ। यस चरणको अन्तिम म्याच १ मार्चमा कलकत्ताको ईडन गार्डन्समा खेलिनेछ। पहिलो सेमिफाइनल ४ मार्चमा कलकत्ता या कोलम्बोमा हुनेछ। यसरी दोस्रो सेमिफाइनल ५ मार्चमा खेलिनेछ। फाइनल ८ मार्चमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement