रवीन्द्रनाथ उच्चतर माध्यमिक विद्यालय ‘साइन्स फ्यान क्लब’ विज्ञानका विद्यार्थीहरुलाई लिएर मिरिक क्षेत्रमा फिल्डट्रिप

मिरिक: सन् २०१९ सालमा स्थापित भएको रवीन्द्रनाथ उच्चतर माध्यमिक विद्यालय ‘साइन्स फ्यान क्लब’ विद्यार्थीहरूका वैज्ञानिक रुचि प्रवर्धन गर्न, उनीहरूका वैज्ञानिक सीपहरु महसुस गर्न र विज्ञान गतिविधिहरु एवं आफ्नो खोज पूरा गर्नको लागि मञ्च हो। यसर्थ रवीन्द्रनाथ उच्चतर माध्यमिक विद्यालय ‘साइन्स फ्यान क्लबले विद्यार्थीहरुलाई विज्ञानको क्षेत्रमा ज्ञान र सीप जगाउन सेमिनार, कार्यशाला प्रदर्शनी,क्विज आदि गराउँदै आएको क्रममा यस चोटी विद्यालयको शिक्षक प्रभारी कैलाश वान्तवाको विशेष उपस्थितिमा अनि शिक्षक- शिक्षिकाहरु क्रमैले परसु सुब्बा, हेमु गुरुङ, विवेक नेवार, पूजा राई, प्रियंका खपाङ्गी, मुकेश  शर्मा, बेनु सुब्बा अनि रोहन गुरुङको नेतृत्वमा एघारौं अनि बाह्रौं श्रेणी विज्ञान विभागका विद्यार्थीहरुलाई सहभागी बनाई मिरीकको विभिन्न क्षेत्रहरुमा फिल्ड ट्रिप गराइयो, जसमा दिपूमा रहेको मिरिक सेन्ट्रल नर्सरी, यसरी नै मिरिक कृष्णनगरमा स्थित दार्जीलिङ सोसियल फरेष्ट्री अनि अन्य विविध स्थानहरूको भ्रमण गराई मिरिकमा पाइने विभिन्न औषधीय बिरुवा, विभिन्न प्रजातिका रुखका पौधाहरु त्यसका नाम, उपयोगिता, महत्व आदि बारे विद्यार्थीहरुलाई जानकारी गराइने कार्यक्रम गरियो।

यसरी विद्यालयले फिल्ड ट्रिप लागेर आफूहरुले आफ्नै क्षेत्रका स्थानहरू आफूले नदेखेको साथै विभिन्न औषधीय बिरुवा, अनेकौ प्रजातिका रुख, पौधा आदिको बारे ज्ञान हासिल गर्नु पाउँदा उनीहरूलाई एकदमै लाभकारी बन्न गएको बताउँदै धन्यबाद ज्ञापन गरेl सन् २०२१ मा ‘से नो तु प्लास्टिक्स’ थीम लिएर निकालिएको विद्यालय क्यालेन्डर लाई यस चोटी वर्ष २०२३ को निम्ति ‘से नो टु ड्रग्स’को थीम लिएर यसै वर्ष आउँदो नोभेम्बरमा निकालिने अनि अन्य विविध कार्यक्रमहरु नी रहेको जानकारी साइन्स फ्यान क्लब का प्रवक्ता सोनिया तामाङले दिँदै आजको कार्यक्रम समाप्त गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement