नयाँ दिल्ली: सूचना एवं प्रसारण मन्त्रालयले खुफिया एजेन्सीहरूको इन्पुटको आधारमा १० वटा यूट्यूब च्यानलबाट ४५ वटा भिडियो ब्लक गर्न निर्देश दिएको छ। सामग्रीमा धार्मिक समुदायबिच घृणा फैलाउने आसयले प्रसारित झुटा खबरहरू र मर्फ्ड भिडियो सामेल छन्। मन्त्रालयअनुसार सम्बन्धित भिडियो ब्लक गर्ने आदेश २३ सेप्टेम्बरमा सूचना प्रौद्योगिकी (मध्यवर्ती दिशानिर्देश र डिजिटल मिडिया एथिक्स कोड) नियम २०२१ का प्रावधानहरू अन्तर्गत जारी गरिएको थियो। अवरूद्ध भिडियो १ करोड़ ३० लाखभन्दा धेरपल्ट हेरिएको थियो।
उक्त भिडियोमा झूटो दाबीहरू जस्तै सरकारले केही समुदायका धार्मिक अधिकारहरू खोसेका छन्, धार्मिक समुदायविरूद्ध हिंसक धम्की, भारतमा गृह युद्धको घोषणा, आदि साम्प्रदायिक वैमनस्य सिर्जना गर्ने दुष्प्रचार सामग्री थियो। यस प्रकारका भिडियोमा साम्प्रदायिक वैमनस्य सिर्जना गर्ने र देशमा सार्वजनिक व्यवस्थालाई बाधित गर्ने क्षमता पाइएको छ। मन्त्रालयले अवरूद्ध गरेको भिडियोको उपयोग अग्निपथ योजना, भारतीय सशस्त्र बल, भारतको राष्ट्रिय सुरक्षा तंत्र, कश्मीर आदि सॅंग सम्बन्धित मुद्दामा दुष्प्रचार फैलाउन गरिॅंदै थियो। सामग्रीलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट गलत अनि संवेदनशील पाइएको थियो। केही भिडियोमा भारतीय क्षेत्र बाहिर जम्मू-कश्मीर र लद्दाखका केही भागहरूलाई लिएर गलत सीमा देखाइएको छ।