खरसाङमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सांगठनिक सभा

IMG-20251125-WA0121

दार्जीलिङ आउँदा बीजेपीले २०१९ को चुनावमा आफ्नो सङ्कल्प पत्रमा लेखेको पीपीएसको बारेमा इन्टोलोक्युटरले खुलस्त पारेकाे हुनुपर्छ: आईजीजेएफ

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमा पार्टी कार्लायमा केन्द्रीय सदस्य तथा खरसाङ महकुमा संयोजक सुरज घिसिङ, केन्द्रीय सदस्य एवं पूर्व आईपीएस नर्बु छिरिङ साथै टाउन अनि ग्राम पञ्चायतका संयोजक, सह संयोजकहरुको उपस्थितिमा सभा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै सूरज घिसिङले भने, हामी ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टी केन्द्रले चुनेको इन्टरलोक्युटरलाई स्वागत गर्दछौं तर दार्जीलिङ आउँदा बीजेपीले २०१९ को चुनावमा आफ्नो सङ्कल्प पत्रमा लेखेको पीपीएसको बारेमा इन्टोलोक्युटरले खुलस्त पारेकाे हुनुपर्छ। किनभने लेख्ने बीजेपी हो अनि जुन पहाडमा एउटा अन्योलता छाएको छ त्यो अन्योलता हटाएको हुनुपर्छ। घिसिङले थप भने, भाजपाले अब पहाडको मान्छेलाई लट्टाउने काम गर्नु हुँदैन। हामी ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टी चाहन्छौँ बंगालदेखि बाहिर तर भारतभित्र नै एउटा संवैधानिक व्यवस्था दिएको हुनुपर्छ जसले हाम्रो माटो, जमीन, संस्कृति, परम्परा बाँचोस्। उनले अझ भने, केही दिन अघि दार्जीलिङको संसदले आफ्नो वक्तव्यमा भनेको थिए कि इन्टरलोक्युटर विधानसभा निर्वाचनपछि आउने भनेर। यसले हामी बुझ्छौँ कि यो २०२६ को निर्वाचनको लागि खाली एउटा स्टन्ट हो। त्यसैले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको अडान छ कि अबो उसो दिग्भ्रमित न पारी आँखामा धूलो न हाली भाजपाले आफ्नो स्ट्यान्ड क्लियर राख्नुपर्छ अनि पहाडवासीलाई पीपीएस के हो त्यो स्पष्ठ पारेको हुनुपर्छ।’
घिसिङले थप भने, आउँदो दिनहरुमा हामी यस विषयमा अझ सांगठनिक कार्यक्रमहरु गर्नेछौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement