दार्जीलिङको मन्दारिन सुन्तलाले प्राप्त गरे जिआईको मान्यता

IMG-20251125-WA0085

मिरिक: मिरिक लगायत दार्जीलिङमा उत्पादित मन्दारिन सुन्तलाले जिआई (भौगोलिक संकेत )को मान्यता प्राप्त गरेको छ। यस उपलब्धिको प्रमाणपत्र केही दिनभित्रमा हाथमा पर्ने जानकारी रिजनल रिसर्च स्टेशन कालेबुङका पूर्व प्राध्यापक डा. तुलसी शरण घिमिरेले दिएका छन्। उनले आज मिरिकमा दार्जीलिङ अरेन्ज फार्मर्स प्रोड्युसर्स अर्गनाइजेसन मिरिक महकुमाद्वारा आयोजित एक कार्यक्रममा उपस्थित सुन्तला कृषकहरु तथा अर्गनाइजेसनका सदस्यहरुलाई उक्त जानकारी प्रदान गरेका छन्।अर्गनाइजेसनका संयोजक एवं योजना निर्देशक जीवनकुमार राईद्वारा सञ्चालित कृषक कार्यक्रमलाई सम्बोधन गर्दै डा. घिमिरेले भने – वर्ष २०२२ देखि मिरिकका सुन्तला कृषकहरुको सक्रिय संस्था दार्जीलिङ अरेन्ज फार्मर्स प्रोड्युसर्स अर्गनाइजेसनका चेयरमेन मनोज सुब्बाको नेतृत्वमा मिरिक, दार्जीलिङ पहाडमा उत्पादन हुने स्वादिष्ट अनि रसिलो मन्दारिन सुन्तलालाई जिआईको मान्यता दिनु पर्ने विषयमा प्रक्रिया शुरु गरेपछि आफुले गम्भीरतापूर्वक पहल गरेको जानकारी दिएका‌ छन्।

यसरी नै दार्जीलिङ अरेन्ज फार्मर्स प्रोड्युसर्स अर्गनाइजेसनका चेयरमेन मनोज सुब्बाले यस उपलब्धिको लागि डा. तुलसी शरण घिमिरे लगायतका सम्पूर्ण टोली अनि भारत सरकारको उद्योग अनि वाणिज्य मन्त्रालयप्रति आभार व्यक्त गर्दै मन्दारिन सुन्तलाले पाएको भौगोलिक संकेतले दार्जीलिङ पहाडका कृषकहरुलाई स्थापित हुने सुनौली अवसर प्रदान गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement