मिरिक महाविद्यालयमा राष्ट्रिय सेवा योजनाद्वारा हाजिरी जवाफ अनि शब्द खेल कार्यक्रम सम्पन्न

मिरिक: मिरिक महाविद्यालयमा राष्ट्रिय सेवा योजनाको आयोजनामा हाजिरी जवाफ अनि शब्द खेल प्रतियोगिता सम्पन्न भयो। एनएसएस युनिट एककी प्रोगाम अफिसर पेमू शेर्पाले सञ्चालन गरेको कार्यक्रमलाई नेपाली विभागका प्राध्यापक डा. आनन्द छेत्रीले अध्यक्षता गरेका  थिए। यसरी नै महाविद्यालयका शिक्षक प्रभारी निमा लामा, विभिन्न विद्यालयहरूको आएका शिक्षकगण, महाविद्यालयका प्राध्यापकगण, विद्यार्थीवर्ग अनि एनएसएस स्वयं सेवकहरूको उपस्थिति रहेको थियो।  कार्यक्रममा शिक्षक प्रभारी निमा लामाले स्वागत भाषण राखेकी थिइन् भने एनएसएस स्वयं सेविका  रोमा मुखियाले राष्ट्रिय सेवा योजना अर्थात एनएसएसको औचित्य अनि उद्धेश्यबारे प्रकाश पारेको थिईन्।

यता कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘आज हामीले एनएसएसको तत्वावधानमा सम्पन्न भएको कार्यक्रममा मिरिक क्षेत्रका उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई समावेश गराएर हाजिरी जवाफ प्रतियोगिता अनि शब्द खेल प्रतियोगिता सफलताको साथमा सम्पन्न गर्यौंl’ कार्यक्रममा हाजिरी जवाफ प्रतियोगितामा मिरिक उच्चतर माध्यमिक विद्यालय प्रथम, डन बस्को उच्चतर माध्यमिक दोस्रो अनि रविन्द्र नाथ उच्चतर माध्यमिक विद्यालय तेस्रो बने भने शब्द खेल प्रतियोगितामा रविन्द्रनाथ उच्चतर माध्यमिक विद्यालय प्रथम, डन बस्को उच्चतर माध्यमिक विद्यालय दोस्रो अनि थर्बु उच्चतर माध्यमिक विद्यालय तेस्रो बनेको प्राध्यापक विक्रम राईले बताए। प्राध्यापक राईले राष्ट्रिय सेवा योजनाको विविध कार्यक्रमहरू मध्ये आजको शैक्षिक कार्यक्रम पनि एक प्रमुख हो। यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूलाई उर्जा प्रदान गर्छ। यसका साथै एनएसएस स्वयं सेवकहरूलाई कार्यक्रमहरू कसरी सञ्चालन गर्नु पर्ने भन्ने विषयमा पनि ज्ञान प्राप्त हुने उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement