कप्तान कमिन्स लगभग तयार भए पनि हेजलवुड दोस्रो टेस्टबाट पनि बाहिर रहने सम्भावना

IMG-20251125-WA0066

ब्रिसबेन: अष्ट्रेलियाका अनुभवी पेस बलर जोश हेजलवुड ईंग्ल्याण्डविरुद्ध एशेज सीरीजको दोस्रो टेस्ट म्याचमा पनि बाहिर रहन सक्छन्। दुई टीमबीच ५ वटा टेस्ट म्याचको सीरीजअन्तर्गत दोस्रो टेस्ट म्याच ४ दिसम्बरदेखि ब्रिसबेनमा शुरु हुनेछ। अष्ट्रेलियाई टीम म्यानेजमेण्टलाई चाहिँ हेजलवुड सीरीजको कुनै पनि मोड़मा खेल्नको निम्ति फिट हुने भरोसा रहेको छ। यसबीच नियमित कप्तान प्याट कमिन्स पनि मैदानमा फर्किन जोड़तोड़ले तयारी गरिरहेका छन्। हेजलवुड शेफील्ड शील्डमा भिक्टोरियाविरुद्ध खेलिने म्याचको निम्ति न्यू साउथ वेल्स टीमबाट हटेका छन्। हेजलवुडको ह्याम्स्ट्रिंगमा चोट रहेको छ, जसले गर्दा उनी पर्थमा खेलिएको सीरीजको पहिलो टेस्ट म्याचबाट बाहिर रहेका थिए। रिपोर्ट अनुसार, हेजलवुड ब्रिसबेनमा टीममा सामेल हुनेछन् अनि प्रशिक्षक एण्ड्रू म्याकडोनाल्डसँग रिह्याब जारी राख्नेछन्। म्याकडोनाल्डले भने, हेजलवुड आफ्नो रिह्याबको पहिलो हप्तामा रहेका छन्। उनको फिटनेसबारे हामी अहिले नै कुनै जानकारी दिन सक्दैनौं। एकपल्ट मैदानमा ओर्लिन तयार भएपछि मात्र हामी केही बताउने स्थितिमा हुनेछौं। उनी सीरीजको कुनै पनि हिस्सामा टीमको हिस्सा बन्ने चाहिँ मलाई थाहा छ। उल्लेखनीय छ, अष्ट्रेलियाले पहिलो टेस्ट २ दिनमै जितेर सीरीजमा १-०-को बढ़त हासिल गरेको छ। सीरीजको पहिलो टेस्ट २ दिनमै समाप्त भएपछि कमिन्सले आफ्नो बलिंग कार्यक्रममा सामान्य फेरबदल गर्नु गऱ्यो जबकि पहिलो टेस्ट म्याचको अघि उनले प्रभावशाली तरिकाले अभ्यास गरेका थिए। उनले सोमवार बलिंग गर्नु थियो तर सिडनी फर्किएपछि उनले एक दिन अभ्यास गरेनन्। म्याकडोनाल्डले बताएअनुसार, ब्रिसबेनमा हुने डे-नाइट टेस्ट म्याचमा उनले खेल्ने या नखेल्ने फैसला पछिबाट गर्न सकिनेछ। कमिन्सले पनि सीरीजमा लगातार २ वटा म्याच खेल्नु उनको निम्ति चुनौती हुन सक्ने बताएका थिए तर म्याच चाँड़ै समाप्त हुँदा उनलाई फाइदा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement